Pages

Wednesday, February 2, 2011

गजल-सपनिमा आउँछौ किन

सपनिमा आउँछौ किन?बिपनिमा तर्के पछि
लुकी लुकी धाउँछौ किन?मन अन्तै फर्के पछि

मलाई छोडी धन रोज्यौ अझै खुशी छैनौ अरे
फेरी यतै छाउँछौ किन?हाम्रो साईनो घर्के पछि

तिम्ले गर्दा छुट्यौ हामी नआउ अब भो समिप
चोखो माया माग्छौ किन?मन मुटु चर्के पछि

खुशी तेतै बटुल भो किन फेरी पछुताउछौ
यतै माया पाउँछौ किन?तेती बेला झर्के पछि

घाँऊ खप्दै एकान्तमै खुशी छ यो "अनुराग"
मलम फेरी लागाउँछौ किन?नुन चुक छर्के पछि

अनुराग कंडेल