रात ढल्छ एकैछिनमा तिमीसँगै हुँदा
बात गल्छ एकैछिनमा तिमीसँगै हुँदा
समयको गन्ती हुन्न दिन लाग्छ छिन
साथ टल्छ एकैछिनमा तिमीसँगै हुँदा
सहमति हरपल हुन्छ जाल झेल हुन्न
घात जल्छ एकैछिनमा तिमीसँगै हुँदा
भोग्दा भोग्दै जिबन यात्रा थकित छु के भो
हात चल्छ एकैछिनमा तिमीसँगै हुँदा
उर्ली आउँछ "अनुराग"छोउँ छोउँ लाग्छ
मात बल्छ एकैछिनमा तिमीसँगै हुँदा
-अनुराग कँडेल