जिन्दगी यो छाउँनु छ साटो खोज्दै छु
सफलता पाउँनु छ बाटो खोज्दै छु
आफ्न् देश प्यारो कति मिठो सुगन्ध
परदेशमा स्वदेशी त्यो माटो खोज्दै छु
चोट माथि चोट यहाँ कति खानु छ
कतै छ कि ओभाएको खाटो खोज्दै छु
झगडा र कोलाहल छ फुटे दाजुभाइ
मन साट्ने भावनाको नातो खोज्दै छु
-अनुराग कँडेल
No comments:
Post a Comment