Pages

Tuesday, July 27, 2010

//गजल//

तिम्रो मेरो प्रितको डोरी,कसी कसी बाटेकी छु
तिम्रो मन टाली टाली,बरु आफै फाटेकी छु


चैँन छैन कुनै पल,सधैं तिम्रो सम्झनामा
तिम्रै माया मोह,निद सँग याद साटेकी छु


संगै जिउने बेला हामी,छोडी गयौ टाढा भयौ
तिम्रै याद्‍मा सबै दिन,कल्पी-कल्पी काँटेकी छु


फर्की आउँने होकि होईन,बाटो तिम्रै हेरिरहे
कुरी बस्छु तिम्रै लागि,मनै मन आँटेकी छु


धेरै भयो याद आँशु,संगै बग्यो जवानी त
आउँछ भनी ''अनुराग'',आफैलाई ढाँटेकी छु

-अनुराग कंडेल

No comments:

Post a Comment