Pages

Wednesday, August 4, 2010

कबिता-आहा...त्यही गरिबी नै प्यारो लाग्छ

सधैं.....
गरिबीको चपेटामा
रमाउँन पल्केको
बिचरो म....
आहा...त्यही गरिबी नै प्यारो लाग्छ


कलेती परेको बोराको नाम्लो
अनगिन्ती ठाउँमा टालेको आस्कोट
आहा.. त्यही प्यारो लाग्छ.......
यहाँको पजेरोको बेल्ट भन्दा
मुलाएम धागोलले बुनेको टी-सर्ट भन्दा


तामाको घडामा मुलको पानी
घट..घट.. घाटी ठडयाएर पिएको
आहा.. त्यही प्यारो लाग्छ.....
यहाँको फ्रिजको ताजा जुश
पाइप लगाएर तानेको भन्दा


खाली खुट्टा ऊकाली र ओराली गर्दा
पुरानो रुमालमै पसिना पोको पारेको
आहा.. त्यही प्यारो लाग्छ......
यहाँको यसी वाला कार भन्दा
यहाँको सफ्ट सफ्ट नियार भन्दा


रुखो नुन खुर्सानी सँग कोदोको रोटी
बोरा ओढेर पनि मिठो त्यो सपना
आहा.. त्यही प्यारो लाग्छ.........
यहाँका रेस्तोराँका सान्विंच भन्दा
लचक.. लचक.. अग्ला बेड भन्दा


जेनतेन टालिएको खरको छानो
माटोले पोतिएका भुइ अनी भित्ताहरु
आहा.. त्यही प्यारो लाग्छ.......
यहाँका सुकिला अग्ला घर
अनी बेहद सजावट भन्दा


हो
सधैं.....
गरिबीको चपेटामा
रमाउन पल्केको
बिचरो म....
आहा...त्यही गरिबी नै प्यारो लाग्छ

(नियार= इस्राएली भाषामा पेपर)

-अनुराग कंडेल

No comments:

Post a Comment