शब्द शब्द बुनेर प्रेम पत्र तिम्रै लागि
अरु बाटा थुनेर चोखो माया तिम्रै लागि
गर्छन् कुरा गर्नत सारा गाउँले मुखा मुख
दिलको कुरा सुनेर सुम्पे ज्यान तिम्रै लागि
धेरै देखेँ धाउने माया यहाँ थरी थरी
जीवन साथी चुनेर मन मुटु तिम्रै लागि
तिम्लाइ रोज्यो मनले धेरै धेरै बीच बाट
पल पल गुनेर सबै दिन तिम्रै लागि
-अनुराग कंडेल
No comments:
Post a Comment