तिम्लाई हेर्ने दियो मनको बालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
ठिक्कै लाग्थ्यो पैलो भेटमा ऐले राम्री भाकिछौ
पुर्णिमाको जून बनेर मनै भरि छाकिछौ
तिम्रै लागि पत्थर मुटु गालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
जित्छु मन भनि कसम तिम्ले पैलै खाएपछी
सुस्तै सुस्तै चाल्दै पाईला जिन्दगीमा छाएपछी
घृणा फाली न्यानो माया पालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
तिम्लाई हेर्ने दियो मनको बालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
-अनुराग कंडेल
Monday, October 25, 2010
Thursday, October 21, 2010
गजल
धेरै पछि खुशी छु म तिम्रो बोली सुन्न पाउँदा
जिन्दगीको सहयात्री तिमीलाई चुन्न पाउँदा
हर्ष आँसु बगेका छन् उमङ्गको सिमै छैन
बाँच्ने आधार माया जाल सँगसँगै बुन्न पाउँदा
जिन्दगी यो झुमेको छ हर ठाउँ ठोकिँदा नि
दु:ख पीडा तिमीसँगै हात गाँसी थुन्न पाउँदा
छताछुल्ल खुशी पाउँदा मन त्यसै प्रफुल्ल छ
तिम्रो मेरो बरमाला संगसंगै उन्न पाउँदा
जिन्दगीको सहयात्री तिमीलाई चुन्न पाउँदा
हर्ष आँसु बगेका छन् उमङ्गको सिमै छैन
बाँच्ने आधार माया जाल सँगसँगै बुन्न पाउँदा
जिन्दगी यो झुमेको छ हर ठाउँ ठोकिँदा नि
दु:ख पीडा तिमीसँगै हात गाँसी थुन्न पाउँदा
छताछुल्ल खुशी पाउँदा मन त्यसै प्रफुल्ल छ
तिम्रो मेरो बरमाला संगसंगै उन्न पाउँदा
Sunday, October 10, 2010
गजल-तिमी सँगै
तिमी सँगै जिउन पाए क्षितिजपारीको गाउँमा
तिमी सँगै पिउन पाए हाम्रो मिलनको नाउँमा
मुटु हाम्रो बनाइ एक गोरेटोमा फाट्दा जीवन
तिमी सँगै सिउन पाए जीवन फाटेको ठाउँमा
पिडा धेरै खपेर यहाँ दुखेसी जीवन बेहद
तिमी सँगै लगाउन पाए मलम दुखेको घाउमा
सँगै बाच्ने कसम बाध्न विश्वासको डोरी बोकेर
तिमी सँगै धाउन पाए मायाकी देबिको पाउमा
-अनुराग कंडेल
तिमी सँगै पिउन पाए हाम्रो मिलनको नाउँमा
मुटु हाम्रो बनाइ एक गोरेटोमा फाट्दा जीवन
तिमी सँगै सिउन पाए जीवन फाटेको ठाउँमा
पिडा धेरै खपेर यहाँ दुखेसी जीवन बेहद
तिमी सँगै लगाउन पाए मलम दुखेको घाउमा
सँगै बाच्ने कसम बाध्न विश्वासको डोरी बोकेर
तिमी सँगै धाउन पाए मायाकी देबिको पाउमा
-अनुराग कंडेल
गजल-दशै आयो भन्छन् सबै
दशै आयो भन्छन् सबै मेरो घरमा पीठो छैन
पेट भर्न गाह्रो हुँदा बच्चा भन्छन मीठो छैन
गिटी कुट्दै बित्यो जुनी चाँड कहिले आएन खै
एक्लै कूद्छु यहाँ उहाँ पालो दिने कोई ठिटो छैन
अन्धकार हाम्रो भाग्य झिली मिली छ सबै तिर
अन्धकार भित्र भोकै बाच्छौ खुशीको छिटो छैन
हिजो रिन आज रिन रिनै रिनको छानो हुँदा
साहुँ भन्छन् कती माग्छस् यहाँ पैसाको बिटो छैन
-अनुराग कंडेल
पेट भर्न गाह्रो हुँदा बच्चा भन्छन मीठो छैन
गिटी कुट्दै बित्यो जुनी चाँड कहिले आएन खै
एक्लै कूद्छु यहाँ उहाँ पालो दिने कोई ठिटो छैन
अन्धकार हाम्रो भाग्य झिली मिली छ सबै तिर
अन्धकार भित्र भोकै बाच्छौ खुशीको छिटो छैन
हिजो रिन आज रिन रिनै रिनको छानो हुँदा
साहुँ भन्छन् कती माग्छस् यहाँ पैसाको बिटो छैन
-अनुराग कंडेल
गजल-जिन्दगी
खै के नै होला जस्तो यो जिन्दगी
बगेको खोला जस्तो यो जिन्दगी
छाँया झै भाग्ने सधै पछी पछी
फाटेको झोला जस्तो यो जिन्दगी
जन्मेर आज फेरी मर्नु भोली
दुई दिने चोला जस्तो यो जिन्दगी
कहिले काहि लाग्छ रसिलो क्या
महको पोला जस्तो यो जिन्दगी
मिलेर बाड्छान् सबै "अनुराग"
बिच्छीको गोला जस्तो यो जिन्दगी
-अनुराग कंडेल
बगेको खोला जस्तो यो जिन्दगी
छाँया झै भाग्ने सधै पछी पछी
फाटेको झोला जस्तो यो जिन्दगी
जन्मेर आज फेरी मर्नु भोली
दुई दिने चोला जस्तो यो जिन्दगी
कहिले काहि लाग्छ रसिलो क्या
महको पोला जस्तो यो जिन्दगी
मिलेर बाड्छान् सबै "अनुराग"
बिच्छीको गोला जस्तो यो जिन्दगी
-अनुराग कंडेल
Subscribe to:
Comments (Atom)