तिमी सँगै जिउन पाए क्षितिजपारीको गाउँमा
तिमी सँगै पिउन पाए हाम्रो मिलनको नाउँमा
मुटु हाम्रो बनाइ एक गोरेटोमा फाट्दा जीवन
तिमी सँगै सिउन पाए जीवन फाटेको ठाउँमा
पिडा धेरै खपेर यहाँ दुखेसी जीवन बेहद
तिमी सँगै लगाउन पाए मलम दुखेको घाउमा
सँगै बाच्ने कसम बाध्न विश्वासको डोरी बोकेर
तिमी सँगै धाउन पाए मायाकी देबिको पाउमा
-अनुराग कंडेल
No comments:
Post a Comment