Pages

Thursday, January 6, 2011

दुई गजल

गजल

सहनशील बनी सधैं तिखा बचन सुन्ने नगर
पीडा लुकाइ चाहनालाई मन भित्रै थुन्ने नगर

आफ्ना मनका चाहनालाई दबाएर भित्री मनमै
दुखी आफु खुशी सधैं अरुकोलाई बुन्ने नगर

दबाबमा आतिएर पीडा खेपी पुरै जिबन
भित्री मनको फुल छोडि काँडा ब्यर्थै चुन्ने नगर

साहसिली बन्न तिमी अन्यायसँग कैले नझुक
पवित्र त्यो जवानीलाई किच्चडमा हुल्ने नगर


गजल-मात्र सिउँदो खाली रैछ

मन भित्र धेरै रैछन् मात्र सिउँदो खाली रैछ
हेर्दा परी स्वर्गकी झै तर माया जाली रैछ

पवित्र छु भन्दै हिंड्ने मनैभरी दुर्गन्ध छ
लुकी लुकी यौवन गोड्ने भुसतिघ्रे माली रैछ

डुल्दिरैछन् सबैतिर सम्पत्तिको धाक छर्दै
ज्यानै भरी हीरामोती घरमा खरको पाली रैछ

राम राम भन्दै मुख्ले बगलिमा छुरा बोक्ने
फूलबारी सम्झेको'थे दुर्गन्धको नाली रैछ

अनुराग कंडेल
चितवन
हाल(इस्राएल)

No comments:

Post a Comment