यो बर्षको प्रेम दिवस उनीसँगै मनाउँछु
जुनीजुनी मेरै साँथमा हुनीसँगै मनाउँछु
दाँया बाँया अब हेर्दिनँ यो जिबन सुम्पिएर
मेरै यादले जवानीलाई धुनीसँग मनाउँछु
यो पालित माया लाउँछु उनीसँगै रमाउँदै
हेर्दा राम्री मन भएकी गुनीसँगै मनाउँछु
चोखो माया राम्रो ब्यवहार रिस राग नभएकी
चोखो मिठो बोली यो मन छुनीसँग मनाउँछु
अनुराग कँडेल
Friday, June 24, 2011
बेरङ्ग जिन्दगी
जिन्दगी यो बेरङ्ग भो रङ गरिदेऊ'न
यात्री हुँ म असफल उमङ्ग भरिदेऊ'न
एकन्तमा हराएछु आउँन तिमी समिप
लजालु ति चुम्बनले अङ्ग चरिदेऊ'न
शून्य भयो जिन्दगी त राग कतै खुलेन
मायालु त्यो आभासले तरङ्ग छरिदेऊ'न
सपनिमा मात्रै आउँछौ हुन्नौ निद खुल्दा
कैले काही बिपनिमै दङ्ग पारीदेऊ'न
टोलाएको हुन्छु सधैं एक्लै एकान्तमा
तिमी आई सुम्सुमाइ भङ्ग पारीदेऊ'न
अनुराग कँडेल
यात्री हुँ म असफल उमङ्ग भरिदेऊ'न
एकन्तमा हराएछु आउँन तिमी समिप
लजालु ति चुम्बनले अङ्ग चरिदेऊ'न
शून्य भयो जिन्दगी त राग कतै खुलेन
मायालु त्यो आभासले तरङ्ग छरिदेऊ'न
सपनिमा मात्रै आउँछौ हुन्नौ निद खुल्दा
कैले काही बिपनिमै दङ्ग पारीदेऊ'न
टोलाएको हुन्छु सधैं एक्लै एकान्तमा
तिमी आई सुम्सुमाइ भङ्ग पारीदेऊ'न
अनुराग कँडेल
अझै के गरु प्रिया ?
तिम्रो लागि घर छोडेँ अझै के गरु प्रिया ?
साथीसँग नाता तोडेँ अझै के गरु प्रिया ?
तिमी पाउने चाहनामा आँफैलाई भुलिदिएँ
तिमी तिरै बाटो मोडेँ अझै के गरु प्रिया ?
लुकी-लुकी भेट्न आउँदा तिम्रा बा बिच्किएछन्
तिम्रै लागि टाउको फोडेँ अझै के गरु प्रिया ?
नेता जस्ता तिम्रा दाई भाउ खोज्ने कती ठुलो
आँफै झुकी नाता जोडेँ अझै के गरु प्रिया ?
(अनुराग कँडेल
साथीसँग नाता तोडेँ अझै के गरु प्रिया ?
तिमी पाउने चाहनामा आँफैलाई भुलिदिएँ
तिमी तिरै बाटो मोडेँ अझै के गरु प्रिया ?
लुकी-लुकी भेट्न आउँदा तिम्रा बा बिच्किएछन्
तिम्रै लागि टाउको फोडेँ अझै के गरु प्रिया ?
नेता जस्ता तिम्रा दाई भाउ खोज्ने कती ठुलो
आँफै झुकी नाता जोडेँ अझै के गरु प्रिया ?
(अनुराग कँडेल
गजल-सुन्दरी छौ
मीठो बोली गाँजलु आँखा,परी भन्दा सुन्दरी छौ
मुटु तिमी जिबन तिमी,पवित्र यो मनभरि छौ
तिमी छौ र जिन्दगी छ,स्वर्ग जस्तै न्यानो काख
अँधेरीमा जिबन दिने,सितलु ति जूनसरि छौ
बारुलि त्यो कम्मर तिम्रो,चैन लुट्ने यौवन छ
फक्रिएकी कोमल जस्ती,मनै लुट्ने परी छौ
हेराईमा जादु छ तिम्रो,बोली मिठो अमृत झै
हरपल मिठो मुस्कान छर्छौ, मिठासमा रसबरी छौ
सपना तिमी जिबन तिमी ,तिमी बिना अधुरो म
मेरा हर चाहमा तिमी,सधैं भरी वरिपरी छौ
अनुराग कँडेल
मुटु तिमी जिबन तिमी,पवित्र यो मनभरि छौ
तिमी छौ र जिन्दगी छ,स्वर्ग जस्तै न्यानो काख
अँधेरीमा जिबन दिने,सितलु ति जूनसरि छौ
बारुलि त्यो कम्मर तिम्रो,चैन लुट्ने यौवन छ
फक्रिएकी कोमल जस्ती,मनै लुट्ने परी छौ
हेराईमा जादु छ तिम्रो,बोली मिठो अमृत झै
हरपल मिठो मुस्कान छर्छौ, मिठासमा रसबरी छौ
सपना तिमी जिबन तिमी ,तिमी बिना अधुरो म
मेरा हर चाहमा तिमी,सधैं भरी वरिपरी छौ
अनुराग कँडेल
Subscribe to:
Comments (Atom)