कति सम्म वेसरम बन्न सक्छ मान्छे
आँफै रुख चढाइ जरा खन्न सक्छ मान्छे
हिजो मात्रै नाता गाँसी छाती भित्रै टाँसी
भोलि आफ्नो होइन पनि भन्न सक्छ मान्छे
सुख पर्दा बेवास्ता छ दु:ख पर्दा यहाँ
को आफ्नो को पराइ हो गन्न सक्छ मान्छे
आफ्नैलाई डुबाएर आफू शिखर चुमी
फेरी मुख देखाउन धन्न सक्छ मान्छे
भन्छु म त नदिनु है विश्वास त्यो कतै
दिनु परे फिर्ता फेरी कन्न सक्छ मान्छे
-अनुरग कँडेल
Monday, September 26, 2011
Saturday, September 17, 2011
गजल-जिन्दगी
जता छोयो उतै घोच्ने काँडो भयो जिन्दगी
कतै काम आएन यो घाँडो भयो जिन्दगी
यता कोच्यो उता कोच्यो कहीँ कतै अडिदैन्
फालुँ कि म राखुँ लौ न?ठाँडो भयो जिन्दगी
हरेक दिन उजाड छन छैन कुनै बहार
डढेलोले निमिट्यान्न डाँडो भयो जिन्दगी
सधैं दु:ख पिर ब्यथा सुख कैले झुल्किएन
मुटु काँप्ने पुस माघको जाडो भयो जिन्दगी
खास केही भएन खै न त कतै काम आयो
परान धान्न कमाइ खाने भाँडो भयो जिन्दगी
अनुराग कँडेल
कतै काम आएन यो घाँडो भयो जिन्दगी
यता कोच्यो उता कोच्यो कहीँ कतै अडिदैन्
फालुँ कि म राखुँ लौ न?ठाँडो भयो जिन्दगी
हरेक दिन उजाड छन छैन कुनै बहार
डढेलोले निमिट्यान्न डाँडो भयो जिन्दगी
सधैं दु:ख पिर ब्यथा सुख कैले झुल्किएन
मुटु काँप्ने पुस माघको जाडो भयो जिन्दगी
खास केही भएन खै न त कतै काम आयो
परान धान्न कमाइ खाने भाँडो भयो जिन्दगी
अनुराग कँडेल
Subscribe to:
Comments (Atom)