Pages

Tuesday, September 28, 2010

गजल-तर्केर गयौ

सरेर पर तर्केर गयौ
तरेर आँखा मर्केर गयौ

बोलेर मिठो बोलाँउदा पनि
किन हो कुन्नी झर्केर गयौ

आउँदै त थियौ मुस्कान छर्दै
के भो र फेरी फर्केर गयौ

बुझिनौ किन मायाको अर्थ
भुँइचालो सरी थर्केर गयौ

देखेर रुप सम्झेर माया
जिन्दगी देखी लर्केर गयौ

जिन्दगी मेरो श्रावण बनाई
नयन हुँदै दर्केर गयौ
-अनुराग कंडेल

Tuesday, September 21, 2010

राष्ट्रिय गीत-हाम्रो नेपालमा

आँखा भरी हिमाल छ,मुटु भरी तराई
पहाड पनि हाम्रो नै हो,छैनन् कोहि पराई
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा...

हेर कती मिठा छन,सुरिला ती लोक भाका
हरिया ती डाडा पाखा चिनारी यो टोपी ढाका
आँखा भरी मेची छ,मुटु भरी महाकाली
छैनन् कोहि पराई,प्यारा सबै नेपाली
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा..

सगरमाथा शिर हाम्रो,तराईको फाँट मुटु
हिम नदी हाँस्दै भन्छिन्,दु:खमा संगै जुटु
आँखा भरी नैना छ,मुटु भरी फेवा ताल
छैनन् कोहि पराई,सबको प्यारो नेपाल
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा...

पहाडमा मिठो हावा हिमालमा स्याउ फल्छ
तराईमा धान झुल्दा,पहाडमा खुस्बु चल्छ
आँखा भरी हिमाल छ,मुटु भरी तराई
सबै आफ्ना आफन्त हुन्,छैनन् कोहि पराई
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा...

अनुराग कंडेल

गजल-हुन्नौ तिमी अब मेरी

हुन्नौ तिमी अब मेरी किन फेरी याद गर्छु?
तिमी नै हौ डोज मेरो लिन फेरी याद गर्छु

फर्की आउछौ झिनो आसा नजर् यी तेतै छन
चोखो माया साचेकै छु दिन फेरी याद गर्छु

दिन बित्छ सम्झनामा साझ फेरी कल्पी कल्पी
मध्य रात बिउँझी एकै छिन फेरी याद गर्छु

तिम्ले लात हानेकी थ्यौ,मेरो चोखो मायालाई
दुख्छ मन कैले काही,घिन फेरी याद गर्छु

अफ्ठ्यारोमा हुँदा खेरी गुन तिम्ले लगाकै हौ
तिर्नु छु है जसरी नी रिन फेरी याद गर्छु

भेट्दा फेरी धेरै पछी खुशी थिनौ किन कुन्नी
छाएको त्यो मुहारमा मलिन फेरी याद गर्छु

अनुराग कंडेल

Thursday, September 16, 2010

गजल-किन?

चोखो माया दिएकै छु,किन फेरी लुक्न खोज्छौ?
छिन भर रमाउन,अर्कै तिर ढुक्न खोज्छौ

देउरालीका कसम ती,ताजा नै छन् याद भरी
माया गर्छु भन्दै तिमी लुकिछिपी चुक्न खोज्छौ

भन्थ्यौ सधैं अङ्गालेर,हाम्रो माया अजम्बरी
आज फेरी के भयो र,खहरे झै सुक्न खोज्छौ

के मा कमी भयो प्रिय,पुरै मुटु सुम्पिदा नि
मेरो मुटु लत्याएर पराइ सामु झुक्न खोज्छौ

माया गर्छु धेरै धेरै,तर गल्ती छोपिन भो
आँफै भुल गर्छौ अनी,आफै किन दुख्न खोज्छौ?

मायाको यो गाठो हाम्रो,भन्थ्यौ धेरै कसिलो छ
"अनुराग"धोल्लियो र?किन तनी फुक्न खोज्छौ?

-अनुराग कंडेल

गीत-जुन तारा झार्छु भन्थ्यौ

मागी हेर तिमी सानु...
जुन तारा झार्छु भन्थ्यौ
तिम्रो सिउँदो रङ्गाएर...
सबको मेख मार्छु भन्थ्यौ

आज कहाँ गयौ तिमी,अनी तिम्रा बाचा पनि
पराइ पो भयौ तिमी,सधैं साथ दिन्छु भनी
अङ्गालोमा सदै बान्थ्यौ...
नछुटिने कसम खान्थ्यौ
दु:खको बाटो बार्छु भन्थ्यौ...
सबको.......................

झुटो रै'छ तिम्रो माया,घाऊ बनी दुख्यो आज
भेल रै'छ खहरेको,छिन् भरमै सुक्यो आज
फुल सरी टिपेउ मलाई...
गयौ आखिर मुटु जलाई
मायाको सागु तार्छु भन्थ्यौ...
सबको.........................

-अनुराग कंडेल

Thursday, September 9, 2010

गजल~प्रगती रहो काँचो फेरी~

काम खासै छैन तर समयएको खाँचो फेरी
भको काम थन्काएर माया प्रितीको माँचो फेरी

घामलाई पनि फुर्सद छैन कि के हो डुबे चाडै
आज पनि सदा जस्तै प्रगती रहो काँचो फेरी

जागर छैन अल्छि सबै शिखर चुम्ने सपनामै
सबलाई प्यारो लाग्ने सफलताको साँचो फेरी

फुल्दा सबै वर पर रहर लाग्गी जागेको थे
कोपिलैमा कती चाडै कसैले मन भाँचो फेरी

फाट्या मन टाल्दै थिए बेदनाले नै खुटी खुटी
हाँस्न सिक भन्दै मलाई छेउँमै डाँफे नाँचो फेरी

-अनुराग कंडेल

Thursday, September 2, 2010

गैरमुरद्दफ..गजल-सिमा नाग्यो

हिजो राती उनको याद उर्लिएर सिमा नाग्यो
सपनिमा आइन मोरी मध्यरातमा निद्रा भाग्यो


एकै झल्को एकै बोली मुटु निरै गडे पछी
आँखा चिम्ली मन टोले तेइ मोरिकै माया लाग्यो


मुटु भरी उन्कै माया अन्त मन किन भुल्थ्यो
अरु सबै भुलाएर संगै जिउने चाह जाग्यो


बलेको त्यो उन्को रुप पुणिमाको चन्द्र जस्तै
देखे पछी तन मन आत्मा उन्कै माया माग्यो

-अनुराग कंडेल