Pages

Tuesday, September 28, 2010

गजल-तर्केर गयौ

सरेर पर तर्केर गयौ
तरेर आँखा मर्केर गयौ

बोलेर मिठो बोलाँउदा पनि
किन हो कुन्नी झर्केर गयौ

आउँदै त थियौ मुस्कान छर्दै
के भो र फेरी फर्केर गयौ

बुझिनौ किन मायाको अर्थ
भुँइचालो सरी थर्केर गयौ

देखेर रुप सम्झेर माया
जिन्दगी देखी लर्केर गयौ

जिन्दगी मेरो श्रावण बनाई
नयन हुँदै दर्केर गयौ
-अनुराग कंडेल

No comments:

Post a Comment