Pages

Tuesday, November 16, 2010

गीत-माया फुल्यो मनै भरी

वसन्तले पाइला टेक्दा
फूल फुल्यो बनै भरि
तिमी झुल्क्यौ नजरमा
माया फुल्यो मनै भरि

गैरी खेत मेला जादा फरियामा तिमी राम्री
पिठ्यूमा डोको बोक्दा भरियामा तिमी राम्री
भेल सुकी हिउँद लाग्दा
राग खुल्यो सनाइ भरि
तिमी झुल्क्यौ नजरमा
माया फुल्यो मनै भरि

मयूरको झै चाल तिम्रो मायालु क्या धूप छ
छिनेको छ कम्मर तिम्रो परीको झै रुप छ
तिमी भनि आए म त
पिरतीको भेल तरी
तिमी झुल्क्यौ नजरमा
माया फुल्यो मनै भरि

अनुराग कंडेल

No comments:

Post a Comment