माफ गर म पीडा पिएर मातेको छु
माफ गर म एक्लै जिएर मातेको छु
लड्खडिदा जिन्दगी पिएर पीडा धेरै
माफ गर म मन खिएर मातेको छु
नगर भो कल्पना समिप मेरो पाउने
माफ गर म मुटु दिएर मातेको छु
धुजा धुजा भएसी फाटेर खुशी सबै
माफ गर म खुशी सिएर मातेको छु
माफ गर म पीडा पिएर मातेको छु
माफ गर म एक्लै जिएर मातेको छु
-अनुराग कंडेल
No comments:
Post a Comment