पर्खि बस्छु देउरालिमा आउ है भेट्न भोलि
साचेको छु चोखो माया दिउला दिल खोलि
तिमी मेरी सर्बस्व हौ नयन भरी तिमी
तिमी बिना अधुरो म चयन मेरी तिमी
तिम्रो काख स्वर्ग लाग्छ मधुर मिठो बोली
पर्खि बस्छु देउरालीमा आउ है भेट्न भोलि
तिम्रो माया परेलिमै सजाउला प्रिय
जुनी जुनी हृदयमै बसाउला प्रिय
चिनो मेरो सम्झनाको दिउला रातो चोली
पर्खि बस्छु देउरालीमा आउ है भेट्न भोलि
पर्खि बस्छु देउरालिमा आउ है भेट्न भोलि
साचेको छु चोखो माया दिउला दिल खोलि
अनुराग कंडेल
No comments:
Post a Comment