गल्ली अनि चोक चोकमा म रोए
"अनुराग" मर्यो शोकमा म रोए
अनयासै बल्झ्यो पुरानो घाउ आज
चिच्याएर ठूलै झोकमा म रोए
असफलको लात पेटमा बझ्रियो
सफलताको तिर्खा भोकमा म रोए
हार मात्रै सधैं यो कस्तो जिन्दगी
बल्झिएका धेरै थोकमा म रोए
छैन यहाँ सुन्ने फुर्सद कसैलाई
बेकार यो स्वार्थी लोकमा म रोए
-अनुराग कंडेल
No comments:
Post a Comment