यो बर्षको प्रेम दिवस उनीसँगै मनाउँछु
जुनीजुनी मेरै साँथमा हुनीसँगै मनाउँछु
दाँया बाँया अब हेर्दिनँ यो जिबन सुम्पिएर
मेरै यादले जवानीलाई धुनीसँग मनाउँछु
यो पालित माया लाउँछु उनीसँगै रमाउँदै
हेर्दा राम्री मन भएकी गुनीसँगै मनाउँछु
चोखो माया राम्रो ब्यवहार रिस राग नभएकी
चोखो मिठो बोली यो मन छुनीसँग मनाउँछु
अनुराग कँडेल
aanurag ji malai ta man paryo yar hajur ko yo prem diwas verry nice ani aajhi ramra rachana read garna paeyos hai ta suvakamana hajur lai mero tarfa bata
ReplyDelete