काँडा टेकी देउरालीमा,धाएर नि भै'न
आँखा चिम्ली घातको विष,खाएर नि भे'न
पापी मन सम्झाई हेरे,हुन्छ कि त भनि
तिमि बिर्सी अन्तै माया,लाएर नि भै'न
मुटु मेरो धकधक,तिम्रै नाम जप्छ
अन्तै न्यानो माया मैले,पाएर नि भै'न
अल्झ्यो मन त्यहिनिर,तिम्रै मुटु माझ
एक्लैबसी मनको गीत,गाएर नि भै'न
तिमीसंगै जिउने मर्ने,चाह भित्री मनको
सोचेजस्तो जिन्दगीमा,चाहेर नि भै'न
-अनुराग कंडेल
No comments:
Post a Comment