हुँदारैछन् मान्छे धेरै धेरै जाली यहाँ
ठुलारैछन् पथ्थर मुटु मन खाली यहाँ
बाली यिनले मायादिप आफ्नो स्वार्थभरि
लाउँदारैछन् अन्तमा मन जोत्ने फाली यहाँ
साँगुरिदा जिन्दगीको बाटो कतै कहि
बज्दारैछन् बिझाउँने खस्रा ताली यहाँ
पाउको धुलो पन्छाउँदै फुल्दा प्याउली झै
डुल्दारैछन् मनका मुना भाँच्ने माली यहाँ
माया गर्छौ भन्थे पै'ले सानो गल्ती के भो
दिदारैछन् छिनभरमै तिखा गाली यहाँ
एक अर्कामा दया छैन दुख्दा फेरि आफै
बाँच्दारैछन् आफ्नो मन आफै टाली यहाँ
-अनुराग कंडेल 21/06/2010
No comments:
Post a Comment