छोडी गयौ निरमाया रातै शुन्य भो
तिमी बिना कल्पना के लाई बुन्ने हो
जवानीको मातमा मायालुको हातमा
कति खुशी हुन्थे म भए तिमी साथमा
तिमीबिना झरेकी छु फूलसरी केलाई फूल्ने हो
तिमी बिना कल्पना के लाई बुन्ने हो
तिमीसाथ हुँदा सधैं भाव बिभोर हुन्थे
त्यो काखमा लड्खरिदै कहिले काही रुन्थे
तिम्ले माया मारेपछि मिलनको माला केलाई उन्ने हो
तिमी बिना कल्पना के लाई बुन्ने हो
छोडी गयौ कता कता भयौ पर्देशी
अन्तै माया पायौ र कि मेरो भन्दा बेसी
तिमीबिना मरेकीछु अरु खुशी केलाई चुन्ने हो
तिमी बिना कल्पना के लाई बुन्ने हो
-अनुराग कंडेल
No comments:
Post a Comment