कति सम्म वेसरम बन्न सक्छ मान्छे
आँफै रुख चढाइ जरा खन्न सक्छ मान्छे
हिजो मात्रै नाता गाँसी छाती भित्रै टाँसी
भोलि आफ्नो होइन पनि भन्न सक्छ मान्छे
सुख पर्दा बेवास्ता छ दु:ख पर्दा यहाँ
को आफ्नो को पराइ हो गन्न सक्छ मान्छे
आफ्नैलाई डुबाएर आफू शिखर चुमी
फेरी मुख देखाउन धन्न सक्छ मान्छे
भन्छु म त नदिनु है विश्वास त्यो कतै
दिनु परे फिर्ता फेरी कन्न सक्छ मान्छे
-अनुरग कँडेल
Monday, September 26, 2011
Saturday, September 17, 2011
गजल-जिन्दगी
जता छोयो उतै घोच्ने काँडो भयो जिन्दगी
कतै काम आएन यो घाँडो भयो जिन्दगी
यता कोच्यो उता कोच्यो कहीँ कतै अडिदैन्
फालुँ कि म राखुँ लौ न?ठाँडो भयो जिन्दगी
हरेक दिन उजाड छन छैन कुनै बहार
डढेलोले निमिट्यान्न डाँडो भयो जिन्दगी
सधैं दु:ख पिर ब्यथा सुख कैले झुल्किएन
मुटु काँप्ने पुस माघको जाडो भयो जिन्दगी
खास केही भएन खै न त कतै काम आयो
परान धान्न कमाइ खाने भाँडो भयो जिन्दगी
अनुराग कँडेल
कतै काम आएन यो घाँडो भयो जिन्दगी
यता कोच्यो उता कोच्यो कहीँ कतै अडिदैन्
फालुँ कि म राखुँ लौ न?ठाँडो भयो जिन्दगी
हरेक दिन उजाड छन छैन कुनै बहार
डढेलोले निमिट्यान्न डाँडो भयो जिन्दगी
सधैं दु:ख पिर ब्यथा सुख कैले झुल्किएन
मुटु काँप्ने पुस माघको जाडो भयो जिन्दगी
खास केही भएन खै न त कतै काम आयो
परान धान्न कमाइ खाने भाँडो भयो जिन्दगी
अनुराग कँडेल
Sunday, August 21, 2011
गजल-तिमीसँगै हुँदा
रात ढल्छ एकैछिनमा तिमीसँगै हुँदा
बात गल्छ एकैछिनमा तिमीसँगै हुँदा
समयको गन्ती हुन्न दिन लाग्छ छिन
साथ टल्छ एकैछिनमा तिमीसँगै हुँदा
सहमति हरपल हुन्छ जाल झेल हुन्न
घात जल्छ एकैछिनमा तिमीसँगै हुँदा
भोग्दा भोग्दै जिबन यात्रा थकित छु के भो
हात चल्छ एकैछिनमा तिमीसँगै हुँदा
उर्ली आउँछ "अनुराग"छोउँ छोउँ लाग्छ
मात बल्छ एकैछिनमा तिमीसँगै हुँदा
-अनुराग कँडेल
बात गल्छ एकैछिनमा तिमीसँगै हुँदा
समयको गन्ती हुन्न दिन लाग्छ छिन
साथ टल्छ एकैछिनमा तिमीसँगै हुँदा
सहमति हरपल हुन्छ जाल झेल हुन्न
घात जल्छ एकैछिनमा तिमीसँगै हुँदा
भोग्दा भोग्दै जिबन यात्रा थकित छु के भो
हात चल्छ एकैछिनमा तिमीसँगै हुँदा
उर्ली आउँछ "अनुराग"छोउँ छोउँ लाग्छ
मात बल्छ एकैछिनमा तिमीसँगै हुँदा
-अनुराग कँडेल
Friday, August 19, 2011
गजल-जून सँगै हुँदा
खुशीले मन फुरुङ्ग छ जूनसँगै हुँदा
मुटु जोड्ने पिरतिको धुनसँगै हुँदा
कतै खाली छैन जस्तो परिपूर्ण लाग्छ
आफुले मन पराएको सुनसँगै हुँदा
छुटेका थ्यौ दोबाटोमा दोबाटोमै भेटि
स्वर्ग पाएँ अङ्गालोमा पुनसँगै हुँदा
"अनुरागले" भरिपूर्ण मिठो स्वाद आहा
हर दिन चौरासी ब्यन्जन् नुनसँगै हुँदा
अनुराग कँडेल
मुटु जोड्ने पिरतिको धुनसँगै हुँदा
कतै खाली छैन जस्तो परिपूर्ण लाग्छ
आफुले मन पराएको सुनसँगै हुँदा
छुटेका थ्यौ दोबाटोमा दोबाटोमै भेटि
स्वर्ग पाएँ अङ्गालोमा पुनसँगै हुँदा
"अनुरागले" भरिपूर्ण मिठो स्वाद आहा
हर दिन चौरासी ब्यन्जन् नुनसँगै हुँदा
अनुराग कँडेल
Wednesday, July 13, 2011
गजल-खोज्दै छु
जिन्दगी यो छाउँनु छ साटो खोज्दै छु
सफलता पाउँनु छ बाटो खोज्दै छु
आफ्न् देश प्यारो कति मिठो सुगन्ध
परदेशमा स्वदेशी त्यो माटो खोज्दै छु
चोट माथि चोट यहाँ कति खानु छ
कतै छ कि ओभाएको खाटो खोज्दै छु
झगडा र कोलाहल छ फुटे दाजुभाइ
मन साट्ने भावनाको नातो खोज्दै छु
-अनुराग कँडेल
सफलता पाउँनु छ बाटो खोज्दै छु
आफ्न् देश प्यारो कति मिठो सुगन्ध
परदेशमा स्वदेशी त्यो माटो खोज्दै छु
चोट माथि चोट यहाँ कति खानु छ
कतै छ कि ओभाएको खाटो खोज्दै छु
झगडा र कोलाहल छ फुटे दाजुभाइ
मन साट्ने भावनाको नातो खोज्दै छु
-अनुराग कँडेल
Friday, June 24, 2011
प्रेम दिवस
यो बर्षको प्रेम दिवस उनीसँगै मनाउँछु
जुनीजुनी मेरै साँथमा हुनीसँगै मनाउँछु
दाँया बाँया अब हेर्दिनँ यो जिबन सुम्पिएर
मेरै यादले जवानीलाई धुनीसँग मनाउँछु
यो पालित माया लाउँछु उनीसँगै रमाउँदै
हेर्दा राम्री मन भएकी गुनीसँगै मनाउँछु
चोखो माया राम्रो ब्यवहार रिस राग नभएकी
चोखो मिठो बोली यो मन छुनीसँग मनाउँछु
अनुराग कँडेल
जुनीजुनी मेरै साँथमा हुनीसँगै मनाउँछु
दाँया बाँया अब हेर्दिनँ यो जिबन सुम्पिएर
मेरै यादले जवानीलाई धुनीसँग मनाउँछु
यो पालित माया लाउँछु उनीसँगै रमाउँदै
हेर्दा राम्री मन भएकी गुनीसँगै मनाउँछु
चोखो माया राम्रो ब्यवहार रिस राग नभएकी
चोखो मिठो बोली यो मन छुनीसँग मनाउँछु
अनुराग कँडेल
बेरङ्ग जिन्दगी
जिन्दगी यो बेरङ्ग भो रङ गरिदेऊ'न
यात्री हुँ म असफल उमङ्ग भरिदेऊ'न
एकन्तमा हराएछु आउँन तिमी समिप
लजालु ति चुम्बनले अङ्ग चरिदेऊ'न
शून्य भयो जिन्दगी त राग कतै खुलेन
मायालु त्यो आभासले तरङ्ग छरिदेऊ'न
सपनिमा मात्रै आउँछौ हुन्नौ निद खुल्दा
कैले काही बिपनिमै दङ्ग पारीदेऊ'न
टोलाएको हुन्छु सधैं एक्लै एकान्तमा
तिमी आई सुम्सुमाइ भङ्ग पारीदेऊ'न
अनुराग कँडेल
यात्री हुँ म असफल उमङ्ग भरिदेऊ'न
एकन्तमा हराएछु आउँन तिमी समिप
लजालु ति चुम्बनले अङ्ग चरिदेऊ'न
शून्य भयो जिन्दगी त राग कतै खुलेन
मायालु त्यो आभासले तरङ्ग छरिदेऊ'न
सपनिमा मात्रै आउँछौ हुन्नौ निद खुल्दा
कैले काही बिपनिमै दङ्ग पारीदेऊ'न
टोलाएको हुन्छु सधैं एक्लै एकान्तमा
तिमी आई सुम्सुमाइ भङ्ग पारीदेऊ'न
अनुराग कँडेल
अझै के गरु प्रिया ?
तिम्रो लागि घर छोडेँ अझै के गरु प्रिया ?
साथीसँग नाता तोडेँ अझै के गरु प्रिया ?
तिमी पाउने चाहनामा आँफैलाई भुलिदिएँ
तिमी तिरै बाटो मोडेँ अझै के गरु प्रिया ?
लुकी-लुकी भेट्न आउँदा तिम्रा बा बिच्किएछन्
तिम्रै लागि टाउको फोडेँ अझै के गरु प्रिया ?
नेता जस्ता तिम्रा दाई भाउ खोज्ने कती ठुलो
आँफै झुकी नाता जोडेँ अझै के गरु प्रिया ?
(अनुराग कँडेल
साथीसँग नाता तोडेँ अझै के गरु प्रिया ?
तिमी पाउने चाहनामा आँफैलाई भुलिदिएँ
तिमी तिरै बाटो मोडेँ अझै के गरु प्रिया ?
लुकी-लुकी भेट्न आउँदा तिम्रा बा बिच्किएछन्
तिम्रै लागि टाउको फोडेँ अझै के गरु प्रिया ?
नेता जस्ता तिम्रा दाई भाउ खोज्ने कती ठुलो
आँफै झुकी नाता जोडेँ अझै के गरु प्रिया ?
(अनुराग कँडेल
गजल-सुन्दरी छौ
मीठो बोली गाँजलु आँखा,परी भन्दा सुन्दरी छौ
मुटु तिमी जिबन तिमी,पवित्र यो मनभरि छौ
तिमी छौ र जिन्दगी छ,स्वर्ग जस्तै न्यानो काख
अँधेरीमा जिबन दिने,सितलु ति जूनसरि छौ
बारुलि त्यो कम्मर तिम्रो,चैन लुट्ने यौवन छ
फक्रिएकी कोमल जस्ती,मनै लुट्ने परी छौ
हेराईमा जादु छ तिम्रो,बोली मिठो अमृत झै
हरपल मिठो मुस्कान छर्छौ, मिठासमा रसबरी छौ
सपना तिमी जिबन तिमी ,तिमी बिना अधुरो म
मेरा हर चाहमा तिमी,सधैं भरी वरिपरी छौ
अनुराग कँडेल
मुटु तिमी जिबन तिमी,पवित्र यो मनभरि छौ
तिमी छौ र जिन्दगी छ,स्वर्ग जस्तै न्यानो काख
अँधेरीमा जिबन दिने,सितलु ति जूनसरि छौ
बारुलि त्यो कम्मर तिम्रो,चैन लुट्ने यौवन छ
फक्रिएकी कोमल जस्ती,मनै लुट्ने परी छौ
हेराईमा जादु छ तिम्रो,बोली मिठो अमृत झै
हरपल मिठो मुस्कान छर्छौ, मिठासमा रसबरी छौ
सपना तिमी जिबन तिमी ,तिमी बिना अधुरो म
मेरा हर चाहमा तिमी,सधैं भरी वरिपरी छौ
अनुराग कँडेल
Wednesday, February 2, 2011
गजल-सपनिमा आउँछौ किन
सपनिमा आउँछौ किन?बिपनिमा तर्के पछि
लुकी लुकी धाउँछौ किन?मन अन्तै फर्के पछि
मलाई छोडी धन रोज्यौ अझै खुशी छैनौ अरे
फेरी यतै छाउँछौ किन?हाम्रो साईनो घर्के पछि
तिम्ले गर्दा छुट्यौ हामी नआउ अब भो समिप
चोखो माया माग्छौ किन?मन मुटु चर्के पछि
खुशी तेतै बटुल भो किन फेरी पछुताउछौ
यतै माया पाउँछौ किन?तेती बेला झर्के पछि
घाँऊ खप्दै एकान्तमै खुशी छ यो "अनुराग"
मलम फेरी लागाउँछौ किन?नुन चुक छर्के पछि
अनुराग कंडेल
लुकी लुकी धाउँछौ किन?मन अन्तै फर्के पछि
मलाई छोडी धन रोज्यौ अझै खुशी छैनौ अरे
फेरी यतै छाउँछौ किन?हाम्रो साईनो घर्के पछि
तिम्ले गर्दा छुट्यौ हामी नआउ अब भो समिप
चोखो माया माग्छौ किन?मन मुटु चर्के पछि
खुशी तेतै बटुल भो किन फेरी पछुताउछौ
यतै माया पाउँछौ किन?तेती बेला झर्के पछि
घाँऊ खप्दै एकान्तमै खुशी छ यो "अनुराग"
मलम फेरी लागाउँछौ किन?नुन चुक छर्के पछि
अनुराग कंडेल
Monday, January 10, 2011
दुई गजल
गजल-१
दुई दिनको जिन्दगी हो हाँस्नु पर्छ सधैंभरि
डिस्को तिर छिरौँ साथी नाँच्नु पर्छ सधैंभरि
पिल्सिएर बस्नै हुन्न दुख्यो भने मन कतै
पीर ब्यथा निमोठेर माँस्नु पर्छ सधैंभरि
दु:ख जती पन्छाएर फूल सम्झी जिन्दगीलाई
सबै मिलि हाँस्दै हाँस्दै गाँस्नु पर्छ सधैंभरि
चुरोट पनि तान्नु पर्छ रक्सी पनि पिउनु पर्छ
मस्ती भरि जिन्दगी यो मात्नु पर्छ सधैंभरि
गजल-२
डिस्को जाँदै रक्सी पिउदै मात्तिएर हुन्न साथी
सफलता मिल्छ पक्कै आत्तीएर हुन्न साथी
स्वावलम्बी बनौँ हामी परिवर्तन ल्याउनु पर्छ
सधैं बाउकै पैसा बोकी ठाट्टिएर हुन्न साथी
बोझ बोकी मनैभरी खुशीको ढोङ देखाउदै
आँफै सँग आँफै सधैं ढाटिएर हुन्न साथी
खाली पाना ऐले हामी सिर्जनाले भरीनुछ
यति चाडै कलिलैमा च्यात्तिएर हुन्न साथी
अनुराग कंडेल
दुई दिनको जिन्दगी हो हाँस्नु पर्छ सधैंभरि
डिस्को तिर छिरौँ साथी नाँच्नु पर्छ सधैंभरि
पिल्सिएर बस्नै हुन्न दुख्यो भने मन कतै
पीर ब्यथा निमोठेर माँस्नु पर्छ सधैंभरि
दु:ख जती पन्छाएर फूल सम्झी जिन्दगीलाई
सबै मिलि हाँस्दै हाँस्दै गाँस्नु पर्छ सधैंभरि
चुरोट पनि तान्नु पर्छ रक्सी पनि पिउनु पर्छ
मस्ती भरि जिन्दगी यो मात्नु पर्छ सधैंभरि
गजल-२
डिस्को जाँदै रक्सी पिउदै मात्तिएर हुन्न साथी
सफलता मिल्छ पक्कै आत्तीएर हुन्न साथी
स्वावलम्बी बनौँ हामी परिवर्तन ल्याउनु पर्छ
सधैं बाउकै पैसा बोकी ठाट्टिएर हुन्न साथी
बोझ बोकी मनैभरी खुशीको ढोङ देखाउदै
आँफै सँग आँफै सधैं ढाटिएर हुन्न साथी
खाली पाना ऐले हामी सिर्जनाले भरीनुछ
यति चाडै कलिलैमा च्यात्तिएर हुन्न साथी
अनुराग कंडेल
Thursday, January 6, 2011
दुई गजल
गजल
सहनशील बनी सधैं तिखा बचन सुन्ने नगर
पीडा लुकाइ चाहनालाई मन भित्रै थुन्ने नगर
आफ्ना मनका चाहनालाई दबाएर भित्री मनमै
दुखी आफु खुशी सधैं अरुकोलाई बुन्ने नगर
दबाबमा आतिएर पीडा खेपी पुरै जिबन
भित्री मनको फुल छोडि काँडा ब्यर्थै चुन्ने नगर
साहसिली बन्न तिमी अन्यायसँग कैले नझुक
पवित्र त्यो जवानीलाई किच्चडमा हुल्ने नगर
गजल-मात्र सिउँदो खाली रैछ
मन भित्र धेरै रैछन् मात्र सिउँदो खाली रैछ
हेर्दा परी स्वर्गकी झै तर माया जाली रैछ
पवित्र छु भन्दै हिंड्ने मनैभरी दुर्गन्ध छ
लुकी लुकी यौवन गोड्ने भुसतिघ्रे माली रैछ
डुल्दिरैछन् सबैतिर सम्पत्तिको धाक छर्दै
ज्यानै भरी हीरामोती घरमा खरको पाली रैछ
राम राम भन्दै मुख्ले बगलिमा छुरा बोक्ने
फूलबारी सम्झेको'थे दुर्गन्धको नाली रैछ
अनुराग कंडेल
चितवन
हाल(इस्राएल)
सहनशील बनी सधैं तिखा बचन सुन्ने नगर
पीडा लुकाइ चाहनालाई मन भित्रै थुन्ने नगर
आफ्ना मनका चाहनालाई दबाएर भित्री मनमै
दुखी आफु खुशी सधैं अरुकोलाई बुन्ने नगर
दबाबमा आतिएर पीडा खेपी पुरै जिबन
भित्री मनको फुल छोडि काँडा ब्यर्थै चुन्ने नगर
साहसिली बन्न तिमी अन्यायसँग कैले नझुक
पवित्र त्यो जवानीलाई किच्चडमा हुल्ने नगर
गजल-मात्र सिउँदो खाली रैछ
मन भित्र धेरै रैछन् मात्र सिउँदो खाली रैछ
हेर्दा परी स्वर्गकी झै तर माया जाली रैछ
पवित्र छु भन्दै हिंड्ने मनैभरी दुर्गन्ध छ
लुकी लुकी यौवन गोड्ने भुसतिघ्रे माली रैछ
डुल्दिरैछन् सबैतिर सम्पत्तिको धाक छर्दै
ज्यानै भरी हीरामोती घरमा खरको पाली रैछ
राम राम भन्दै मुख्ले बगलिमा छुरा बोक्ने
फूलबारी सम्झेको'थे दुर्गन्धको नाली रैछ
अनुराग कंडेल
चितवन
हाल(इस्राएल)
Wednesday, December 22, 2010
गजल-लुकी लुकी हेरेँ
साह्रै राम्रो उनको रुप लुकी-लुकी हेरेँ
उनि आउने दोबाटोमा ढुकी-ढुकी हेरेँ
गोरो वर्ण कालो केश ति गाजलु आँखा
लजाउदै आँफैसँग झुकी-झुकी हेरेँ
चाहेर'नि उनको हात थम्न कहाँ सक्छु
होइनन् मेरी यही निर दुःखी-दुःखी हेरेँ
गरेको छु अर्कैसँग सँगै जिउने बाचा
बाँधेका ति बाचा देखी चुकी-चुकी हेरेँ
चल्नै पर्ने संम्झौतामा कस्तो लेख्यो भावी
दोषी आफ्नै भाग्यलाई नै थुकी-थुकी हेरेँ
-अनुराग कंडेल
उनि आउने दोबाटोमा ढुकी-ढुकी हेरेँ
गोरो वर्ण कालो केश ति गाजलु आँखा
लजाउदै आँफैसँग झुकी-झुकी हेरेँ
चाहेर'नि उनको हात थम्न कहाँ सक्छु
होइनन् मेरी यही निर दुःखी-दुःखी हेरेँ
गरेको छु अर्कैसँग सँगै जिउने बाचा
बाँधेका ति बाचा देखी चुकी-चुकी हेरेँ
चल्नै पर्ने संम्झौतामा कस्तो लेख्यो भावी
दोषी आफ्नै भाग्यलाई नै थुकी-थुकी हेरेँ
-अनुराग कंडेल
Sunday, December 19, 2010
गजल-सुकुमबासी भन्छौ किन
पशु होइनौँ हामी पनि, मानवताको दर्जा देऊ
गरिब छौँ अल्छी छैनौँ, भीक होइन कर्जा देऊ।।
यहीं जन्म्यौं यहीं हुर्क्यौं, यही धर्ती हाम्रो घर
सुकुमबासी भन्छौ किन ? सक्छौ भने दर्ता देऊ
किन हेप्छौ पशुलाई झैं ? हाम्रो पनि मन हुन्छ
तिमी जस्तै बन्न सक्छौँ सान्त्वनाको ऊर्जा देऊ
लेख्न-पढ्न नजानेर, चेतनामा कमी होला
तर शिखर चड्ने आट छ भावनाको पर्दा देऊ
सघाउछौँ हामी पनि देश बिकास गर्नलाई
हौसलाले जगाएर समानताको चर्चा देऊ
क्षमतालाई हेर्ने गर् है नछुट्याउ जातपात
केहि गर्छु भन्नेलाई बिस्वास गरी कर्ता देऊ
-अनुराग कंडेल
गरिब छौँ अल्छी छैनौँ, भीक होइन कर्जा देऊ।।
यहीं जन्म्यौं यहीं हुर्क्यौं, यही धर्ती हाम्रो घर
सुकुमबासी भन्छौ किन ? सक्छौ भने दर्ता देऊ
किन हेप्छौ पशुलाई झैं ? हाम्रो पनि मन हुन्छ
तिमी जस्तै बन्न सक्छौँ सान्त्वनाको ऊर्जा देऊ
लेख्न-पढ्न नजानेर, चेतनामा कमी होला
तर शिखर चड्ने आट छ भावनाको पर्दा देऊ
सघाउछौँ हामी पनि देश बिकास गर्नलाई
हौसलाले जगाएर समानताको चर्चा देऊ
क्षमतालाई हेर्ने गर् है नछुट्याउ जातपात
केहि गर्छु भन्नेलाई बिस्वास गरी कर्ता देऊ
-अनुराग कंडेल
गीत-पर्खि बस्छु देउरालीमा
पर्खि बस्छु देउरालिमा आउ है भेट्न भोलि
साचेको छु चोखो माया दिउला दिल खोलि
तिमी मेरी सर्बस्व हौ नयन भरी तिमी
तिमी बिना अधुरो म चयन मेरी तिमी
तिम्रो काख स्वर्ग लाग्छ मधुर मिठो बोली
पर्खि बस्छु देउरालीमा आउ है भेट्न भोलि
तिम्रो माया परेलिमै सजाउला प्रिय
जुनी जुनी हृदयमै बसाउला प्रिय
चिनो मेरो सम्झनाको दिउला रातो चोली
पर्खि बस्छु देउरालीमा आउ है भेट्न भोलि
पर्खि बस्छु देउरालिमा आउ है भेट्न भोलि
साचेको छु चोखो माया दिउला दिल खोलि
अनुराग कंडेल
साचेको छु चोखो माया दिउला दिल खोलि
तिमी मेरी सर्बस्व हौ नयन भरी तिमी
तिमी बिना अधुरो म चयन मेरी तिमी
तिम्रो काख स्वर्ग लाग्छ मधुर मिठो बोली
पर्खि बस्छु देउरालीमा आउ है भेट्न भोलि
तिम्रो माया परेलिमै सजाउला प्रिय
जुनी जुनी हृदयमै बसाउला प्रिय
चिनो मेरो सम्झनाको दिउला रातो चोली
पर्खि बस्छु देउरालीमा आउ है भेट्न भोलि
पर्खि बस्छु देउरालिमा आउ है भेट्न भोलि
साचेको छु चोखो माया दिउला दिल खोलि
अनुराग कंडेल
गजल-धेरै फूलेँ डाली डाली
धेरै फुलेँ डाली डाली भयो अब झर्न मन छ
कती बाँच्नु खालीखाली पुग्यो अब मर्न मन छ
धेरै भयो मस्ती मजा उस्तै यहाँ उहा जिबन
यो धर्तिमा अघाए भो नर्कतिर सर्न मन छ
धेरै तरेँ जिन्दगीका साउन भदौ यहाँ खट्दै
पिप बग्ने ति बैतर्नी नदी पनि तर्न मन छ
जवानीमा कती धेरै चरे कुन्नी मन अरुका
अन्तिम हो यो चाहना आफ्नै मन चर्न मन छ
धेरै छरेँ "अनुराग" फुल्यो फल्यो तर विष भो
यो मनका पाखा पाखा अब विष छर्न मन छ
अनुराग कंडेल
कती बाँच्नु खालीखाली पुग्यो अब मर्न मन छ
धेरै भयो मस्ती मजा उस्तै यहाँ उहा जिबन
यो धर्तिमा अघाए भो नर्कतिर सर्न मन छ
धेरै तरेँ जिन्दगीका साउन भदौ यहाँ खट्दै
पिप बग्ने ति बैतर्नी नदी पनि तर्न मन छ
जवानीमा कती धेरै चरे कुन्नी मन अरुका
अन्तिम हो यो चाहना आफ्नै मन चर्न मन छ
धेरै छरेँ "अनुराग" फुल्यो फल्यो तर विष भो
यो मनका पाखा पाखा अब विष छर्न मन छ
अनुराग कंडेल
गीत- फुल्छु भन्थेउ मनै भरी
फुल्छु भन्थेउ मनैभरी अनयासै झर्यौ किन?
डेरा जमाइ मुटु माझ फेरी पर सर्यौ किन?
मन्को घाऊ बल्झिएर पीडाहरु सल्बलाउछन्
तिम्रै याद सिरानीमा सारा रात खल्बलाउछन्
जानु रैछ मुटु रेटी झुठा बाचा गर्यौ किन?
वारी मलाई एक्लै छोडी आफु पारी तर्यौ किन?
भन्थ्यौ सधैं अङ्गालेर जूनी जूनी साथ दिन्छु
पिर नगर प्रिया तिमी अफ्ठ्यारोमा हात दिन्छु
काडा सँगै जिउदै थिए फुलको आशा भर्यौ किन?
टुक्रा पारी छोड्नु रैछ चोखो मुटु हर्यौ किन?
फुल्छु भन्थेउ मनै भरी अनयासै झर्यौ किन?
डेरा जमाइ मुटु माझ फेरी पर सर्यौ किन?
-अनुराग कंडेल
डेरा जमाइ मुटु माझ फेरी पर सर्यौ किन?
मन्को घाऊ बल्झिएर पीडाहरु सल्बलाउछन्
तिम्रै याद सिरानीमा सारा रात खल्बलाउछन्
जानु रैछ मुटु रेटी झुठा बाचा गर्यौ किन?
वारी मलाई एक्लै छोडी आफु पारी तर्यौ किन?
भन्थ्यौ सधैं अङ्गालेर जूनी जूनी साथ दिन्छु
पिर नगर प्रिया तिमी अफ्ठ्यारोमा हात दिन्छु
काडा सँगै जिउदै थिए फुलको आशा भर्यौ किन?
टुक्रा पारी छोड्नु रैछ चोखो मुटु हर्यौ किन?
फुल्छु भन्थेउ मनै भरी अनयासै झर्यौ किन?
डेरा जमाइ मुटु माझ फेरी पर सर्यौ किन?
-अनुराग कंडेल
Monday, December 6, 2010
गजल-म रोए
गल्ली अनि चोक चोकमा म रोए
"अनुराग" मर्यो शोकमा म रोए
अनयासै बल्झ्यो पुरानो घाउ आज
चिच्याएर ठूलै झोकमा म रोए
असफलको लात पेटमा बझ्रियो
सफलताको तिर्खा भोकमा म रोए
हार मात्रै सधैं यो कस्तो जिन्दगी
बल्झिएका धेरै थोकमा म रोए
छैन यहाँ सुन्ने फुर्सद कसैलाई
बेकार यो स्वार्थी लोकमा म रोए
-अनुराग कंडेल
"अनुराग" मर्यो शोकमा म रोए
अनयासै बल्झ्यो पुरानो घाउ आज
चिच्याएर ठूलै झोकमा म रोए
असफलको लात पेटमा बझ्रियो
सफलताको तिर्खा भोकमा म रोए
हार मात्रै सधैं यो कस्तो जिन्दगी
बल्झिएका धेरै थोकमा म रोए
छैन यहाँ सुन्ने फुर्सद कसैलाई
बेकार यो स्वार्थी लोकमा म रोए
-अनुराग कंडेल
Tuesday, November 30, 2010
गजल-माफ गर
माफ गर म पीडा पिएर मातेको छु
माफ गर म एक्लै जिएर मातेको छु
लड्खडिदा जिन्दगी पिएर पीडा धेरै
माफ गर म मन खिएर मातेको छु
नगर भो कल्पना समिप मेरो पाउने
माफ गर म मुटु दिएर मातेको छु
धुजा धुजा भएसी फाटेर खुशी सबै
माफ गर म खुशी सिएर मातेको छु
माफ गर म पीडा पिएर मातेको छु
माफ गर म एक्लै जिएर मातेको छु
-अनुराग कंडेल
माफ गर म एक्लै जिएर मातेको छु
लड्खडिदा जिन्दगी पिएर पीडा धेरै
माफ गर म मन खिएर मातेको छु
नगर भो कल्पना समिप मेरो पाउने
माफ गर म मुटु दिएर मातेको छु
धुजा धुजा भएसी फाटेर खुशी सबै
माफ गर म खुशी सिएर मातेको छु
माफ गर म पीडा पिएर मातेको छु
माफ गर म एक्लै जिएर मातेको छु
-अनुराग कंडेल
Wednesday, November 24, 2010
गीत-मेरी माया
अधेरीमा जून बनी आईदेयौ मेरी माया
आकाशमा तारा सरि छाइदेयौ मेरी माया
तिमी बिना जिन्दगी यो रुखो भयो टाँडी सरी
तिमी आए खुशी फूल्ने बन्नेछ यो फूलबारी
सुन्छु मन्का चाहानालाई तिमी हुन्छौ कल्पनामा
कैले रुन्छु कैले हास्छु एक्लै तिम्रै सम्झनामा
मन खोलेर चोखो माया लाईदेयौ मेरी माया
अधेरीमा जून बनी आइदेयौ मेरी माया
शून्य भए डाडा पाखा तिम्रो बोली टाढिएर
तिम्रै बाटो हेर्छन् आँखा चारैतिर बाडिएर
जगै शून्य तिमी बिना सारङ्गीको धुन छैन
जिन्दगी यो अधेरिमा तिमी छैनौ जून छैन
पिरतिको मिठो गीत गाईदेयौ मेरी माया
अधेरिमा जून बनी आईदेयौ मेरी माया
कुरिराछु चौतारीमा धाईदेयौ मेरी माया
लाग्छ भने मेरो माया आईदेयौ मेरी माया
अनुराग कंडेल
आकाशमा तारा सरि छाइदेयौ मेरी माया
तिमी बिना जिन्दगी यो रुखो भयो टाँडी सरी
तिमी आए खुशी फूल्ने बन्नेछ यो फूलबारी
सुन्छु मन्का चाहानालाई तिमी हुन्छौ कल्पनामा
कैले रुन्छु कैले हास्छु एक्लै तिम्रै सम्झनामा
मन खोलेर चोखो माया लाईदेयौ मेरी माया
अधेरीमा जून बनी आइदेयौ मेरी माया
शून्य भए डाडा पाखा तिम्रो बोली टाढिएर
तिम्रै बाटो हेर्छन् आँखा चारैतिर बाडिएर
जगै शून्य तिमी बिना सारङ्गीको धुन छैन
जिन्दगी यो अधेरिमा तिमी छैनौ जून छैन
पिरतिको मिठो गीत गाईदेयौ मेरी माया
अधेरिमा जून बनी आईदेयौ मेरी माया
कुरिराछु चौतारीमा धाईदेयौ मेरी माया
लाग्छ भने मेरो माया आईदेयौ मेरी माया
अनुराग कंडेल
Tuesday, November 16, 2010
गीत-माया फुल्यो मनै भरी
वसन्तले पाइला टेक्दा
फूल फुल्यो बनै भरि
तिमी झुल्क्यौ नजरमा
माया फुल्यो मनै भरि
गैरी खेत मेला जादा फरियामा तिमी राम्री
पिठ्यूमा डोको बोक्दा भरियामा तिमी राम्री
भेल सुकी हिउँद लाग्दा
राग खुल्यो सनाइ भरि
तिमी झुल्क्यौ नजरमा
माया फुल्यो मनै भरि
मयूरको झै चाल तिम्रो मायालु क्या धूप छ
छिनेको छ कम्मर तिम्रो परीको झै रुप छ
तिमी भनि आए म त
पिरतीको भेल तरी
तिमी झुल्क्यौ नजरमा
माया फुल्यो मनै भरि
अनुराग कंडेल
फूल फुल्यो बनै भरि
तिमी झुल्क्यौ नजरमा
माया फुल्यो मनै भरि
गैरी खेत मेला जादा फरियामा तिमी राम्री
पिठ्यूमा डोको बोक्दा भरियामा तिमी राम्री
भेल सुकी हिउँद लाग्दा
राग खुल्यो सनाइ भरि
तिमी झुल्क्यौ नजरमा
माया फुल्यो मनै भरि
मयूरको झै चाल तिम्रो मायालु क्या धूप छ
छिनेको छ कम्मर तिम्रो परीको झै रुप छ
तिमी भनि आए म त
पिरतीको भेल तरी
तिमी झुल्क्यौ नजरमा
माया फुल्यो मनै भरि
अनुराग कंडेल
गजल-एउटा फूल देखे आज
एउटा फूल देखे आज थिए काँडा वरी परी
घुमी रा'छ त्यही फूल आँखा भित्र घरी घरी
आँखा तेतै घुमिरहे मन मख्ख झुमिरयो
धेरै समिप पुगे म त काँडा छेवै सरी सरी
साह्रै मन परेको छ काँडाले छप्प घेरेको छ
सुगन्धि थ्यो त्यसैले त टिप्न खोजे मरी मरी
ईन्द्र पनि घुम्दै थिए स्वर्ग बिर्सि झुम्दै थिए
हररर... बासना छ सुन्दरताले भरी भरी
काँडा बिच मन्द थियो,आनन्दप्रद सुगन्ध थ्यो
सयौँ पत्र थुङा एउटै, रङ्ग थिए थरी थरी
अनुराग कंडेल
घुमी रा'छ त्यही फूल आँखा भित्र घरी घरी
आँखा तेतै घुमिरहे मन मख्ख झुमिरयो
धेरै समिप पुगे म त काँडा छेवै सरी सरी
साह्रै मन परेको छ काँडाले छप्प घेरेको छ
सुगन्धि थ्यो त्यसैले त टिप्न खोजे मरी मरी
ईन्द्र पनि घुम्दै थिए स्वर्ग बिर्सि झुम्दै थिए
हररर... बासना छ सुन्दरताले भरी भरी
काँडा बिच मन्द थियो,आनन्दप्रद सुगन्ध थ्यो
सयौँ पत्र थुङा एउटै, रङ्ग थिए थरी थरी
अनुराग कंडेल
Monday, October 25, 2010
गीत-तिम्लाई हेर्ने दियो मनको
तिम्लाई हेर्ने दियो मनको बालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
ठिक्कै लाग्थ्यो पैलो भेटमा ऐले राम्री भाकिछौ
पुर्णिमाको जून बनेर मनै भरि छाकिछौ
तिम्रै लागि पत्थर मुटु गालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
जित्छु मन भनि कसम तिम्ले पैलै खाएपछी
सुस्तै सुस्तै चाल्दै पाईला जिन्दगीमा छाएपछी
घृणा फाली न्यानो माया पालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
तिम्लाई हेर्ने दियो मनको बालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
-अनुराग कंडेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
ठिक्कै लाग्थ्यो पैलो भेटमा ऐले राम्री भाकिछौ
पुर्णिमाको जून बनेर मनै भरि छाकिछौ
तिम्रै लागि पत्थर मुटु गालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
जित्छु मन भनि कसम तिम्ले पैलै खाएपछी
सुस्तै सुस्तै चाल्दै पाईला जिन्दगीमा छाएपछी
घृणा फाली न्यानो माया पालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
तिम्लाई हेर्ने दियो मनको बालेको छु अचेल
तिम्लाई मैले मन पराउन थालेको छु अचेल
-अनुराग कंडेल
Thursday, October 21, 2010
गजल
धेरै पछि खुशी छु म तिम्रो बोली सुन्न पाउँदा
जिन्दगीको सहयात्री तिमीलाई चुन्न पाउँदा
हर्ष आँसु बगेका छन् उमङ्गको सिमै छैन
बाँच्ने आधार माया जाल सँगसँगै बुन्न पाउँदा
जिन्दगी यो झुमेको छ हर ठाउँ ठोकिँदा नि
दु:ख पीडा तिमीसँगै हात गाँसी थुन्न पाउँदा
छताछुल्ल खुशी पाउँदा मन त्यसै प्रफुल्ल छ
तिम्रो मेरो बरमाला संगसंगै उन्न पाउँदा
जिन्दगीको सहयात्री तिमीलाई चुन्न पाउँदा
हर्ष आँसु बगेका छन् उमङ्गको सिमै छैन
बाँच्ने आधार माया जाल सँगसँगै बुन्न पाउँदा
जिन्दगी यो झुमेको छ हर ठाउँ ठोकिँदा नि
दु:ख पीडा तिमीसँगै हात गाँसी थुन्न पाउँदा
छताछुल्ल खुशी पाउँदा मन त्यसै प्रफुल्ल छ
तिम्रो मेरो बरमाला संगसंगै उन्न पाउँदा
Sunday, October 10, 2010
गजल-तिमी सँगै
तिमी सँगै जिउन पाए क्षितिजपारीको गाउँमा
तिमी सँगै पिउन पाए हाम्रो मिलनको नाउँमा
मुटु हाम्रो बनाइ एक गोरेटोमा फाट्दा जीवन
तिमी सँगै सिउन पाए जीवन फाटेको ठाउँमा
पिडा धेरै खपेर यहाँ दुखेसी जीवन बेहद
तिमी सँगै लगाउन पाए मलम दुखेको घाउमा
सँगै बाच्ने कसम बाध्न विश्वासको डोरी बोकेर
तिमी सँगै धाउन पाए मायाकी देबिको पाउमा
-अनुराग कंडेल
तिमी सँगै पिउन पाए हाम्रो मिलनको नाउँमा
मुटु हाम्रो बनाइ एक गोरेटोमा फाट्दा जीवन
तिमी सँगै सिउन पाए जीवन फाटेको ठाउँमा
पिडा धेरै खपेर यहाँ दुखेसी जीवन बेहद
तिमी सँगै लगाउन पाए मलम दुखेको घाउमा
सँगै बाच्ने कसम बाध्न विश्वासको डोरी बोकेर
तिमी सँगै धाउन पाए मायाकी देबिको पाउमा
-अनुराग कंडेल
गजल-दशै आयो भन्छन् सबै
दशै आयो भन्छन् सबै मेरो घरमा पीठो छैन
पेट भर्न गाह्रो हुँदा बच्चा भन्छन मीठो छैन
गिटी कुट्दै बित्यो जुनी चाँड कहिले आएन खै
एक्लै कूद्छु यहाँ उहाँ पालो दिने कोई ठिटो छैन
अन्धकार हाम्रो भाग्य झिली मिली छ सबै तिर
अन्धकार भित्र भोकै बाच्छौ खुशीको छिटो छैन
हिजो रिन आज रिन रिनै रिनको छानो हुँदा
साहुँ भन्छन् कती माग्छस् यहाँ पैसाको बिटो छैन
-अनुराग कंडेल
पेट भर्न गाह्रो हुँदा बच्चा भन्छन मीठो छैन
गिटी कुट्दै बित्यो जुनी चाँड कहिले आएन खै
एक्लै कूद्छु यहाँ उहाँ पालो दिने कोई ठिटो छैन
अन्धकार हाम्रो भाग्य झिली मिली छ सबै तिर
अन्धकार भित्र भोकै बाच्छौ खुशीको छिटो छैन
हिजो रिन आज रिन रिनै रिनको छानो हुँदा
साहुँ भन्छन् कती माग्छस् यहाँ पैसाको बिटो छैन
-अनुराग कंडेल
गजल-जिन्दगी
खै के नै होला जस्तो यो जिन्दगी
बगेको खोला जस्तो यो जिन्दगी
छाँया झै भाग्ने सधै पछी पछी
फाटेको झोला जस्तो यो जिन्दगी
जन्मेर आज फेरी मर्नु भोली
दुई दिने चोला जस्तो यो जिन्दगी
कहिले काहि लाग्छ रसिलो क्या
महको पोला जस्तो यो जिन्दगी
मिलेर बाड्छान् सबै "अनुराग"
बिच्छीको गोला जस्तो यो जिन्दगी
-अनुराग कंडेल
बगेको खोला जस्तो यो जिन्दगी
छाँया झै भाग्ने सधै पछी पछी
फाटेको झोला जस्तो यो जिन्दगी
जन्मेर आज फेरी मर्नु भोली
दुई दिने चोला जस्तो यो जिन्दगी
कहिले काहि लाग्छ रसिलो क्या
महको पोला जस्तो यो जिन्दगी
मिलेर बाड्छान् सबै "अनुराग"
बिच्छीको गोला जस्तो यो जिन्दगी
-अनुराग कंडेल
Tuesday, September 28, 2010
गजल-तर्केर गयौ
सरेर पर तर्केर गयौ
तरेर आँखा मर्केर गयौ
बोलेर मिठो बोलाँउदा पनि
किन हो कुन्नी झर्केर गयौ
आउँदै त थियौ मुस्कान छर्दै
के भो र फेरी फर्केर गयौ
बुझिनौ किन मायाको अर्थ
भुँइचालो सरी थर्केर गयौ
देखेर रुप सम्झेर माया
जिन्दगी देखी लर्केर गयौ
जिन्दगी मेरो श्रावण बनाई
नयन हुँदै दर्केर गयौ
-अनुराग कंडेल
तरेर आँखा मर्केर गयौ
बोलेर मिठो बोलाँउदा पनि
किन हो कुन्नी झर्केर गयौ
आउँदै त थियौ मुस्कान छर्दै
के भो र फेरी फर्केर गयौ
बुझिनौ किन मायाको अर्थ
भुँइचालो सरी थर्केर गयौ
देखेर रुप सम्झेर माया
जिन्दगी देखी लर्केर गयौ
जिन्दगी मेरो श्रावण बनाई
नयन हुँदै दर्केर गयौ
-अनुराग कंडेल
Tuesday, September 21, 2010
राष्ट्रिय गीत-हाम्रो नेपालमा
आँखा भरी हिमाल छ,मुटु भरी तराई
पहाड पनि हाम्रो नै हो,छैनन् कोहि पराई
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा...
हेर कती मिठा छन,सुरिला ती लोक भाका
हरिया ती डाडा पाखा चिनारी यो टोपी ढाका
आँखा भरी मेची छ,मुटु भरी महाकाली
छैनन् कोहि पराई,प्यारा सबै नेपाली
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा..
सगरमाथा शिर हाम्रो,तराईको फाँट मुटु
हिम नदी हाँस्दै भन्छिन्,दु:खमा संगै जुटु
आँखा भरी नैना छ,मुटु भरी फेवा ताल
छैनन् कोहि पराई,सबको प्यारो नेपाल
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा...
पहाडमा मिठो हावा हिमालमा स्याउ फल्छ
तराईमा धान झुल्दा,पहाडमा खुस्बु चल्छ
आँखा भरी हिमाल छ,मुटु भरी तराई
सबै आफ्ना आफन्त हुन्,छैनन् कोहि पराई
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा...
अनुराग कंडेल
पहाड पनि हाम्रो नै हो,छैनन् कोहि पराई
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा...
हेर कती मिठा छन,सुरिला ती लोक भाका
हरिया ती डाडा पाखा चिनारी यो टोपी ढाका
आँखा भरी मेची छ,मुटु भरी महाकाली
छैनन् कोहि पराई,प्यारा सबै नेपाली
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा..
सगरमाथा शिर हाम्रो,तराईको फाँट मुटु
हिम नदी हाँस्दै भन्छिन्,दु:खमा संगै जुटु
आँखा भरी नैना छ,मुटु भरी फेवा ताल
छैनन् कोहि पराई,सबको प्यारो नेपाल
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा...
पहाडमा मिठो हावा हिमालमा स्याउ फल्छ
तराईमा धान झुल्दा,पहाडमा खुस्बु चल्छ
आँखा भरी हिमाल छ,मुटु भरी तराई
सबै आफ्ना आफन्त हुन्,छैनन् कोहि पराई
हाम्रो नेपालमा.. हो.... हाम्रो नेपालमा...
अनुराग कंडेल
गजल-हुन्नौ तिमी अब मेरी
हुन्नौ तिमी अब मेरी किन फेरी याद गर्छु?
तिमी नै हौ डोज मेरो लिन फेरी याद गर्छु
फर्की आउछौ झिनो आसा नजर् यी तेतै छन
चोखो माया साचेकै छु दिन फेरी याद गर्छु
दिन बित्छ सम्झनामा साझ फेरी कल्पी कल्पी
मध्य रात बिउँझी एकै छिन फेरी याद गर्छु
तिम्ले लात हानेकी थ्यौ,मेरो चोखो मायालाई
दुख्छ मन कैले काही,घिन फेरी याद गर्छु
अफ्ठ्यारोमा हुँदा खेरी गुन तिम्ले लगाकै हौ
तिर्नु छु है जसरी नी रिन फेरी याद गर्छु
भेट्दा फेरी धेरै पछी खुशी थिनौ किन कुन्नी
छाएको त्यो मुहारमा मलिन फेरी याद गर्छु
अनुराग कंडेल
तिमी नै हौ डोज मेरो लिन फेरी याद गर्छु
फर्की आउछौ झिनो आसा नजर् यी तेतै छन
चोखो माया साचेकै छु दिन फेरी याद गर्छु
दिन बित्छ सम्झनामा साझ फेरी कल्पी कल्पी
मध्य रात बिउँझी एकै छिन फेरी याद गर्छु
तिम्ले लात हानेकी थ्यौ,मेरो चोखो मायालाई
दुख्छ मन कैले काही,घिन फेरी याद गर्छु
अफ्ठ्यारोमा हुँदा खेरी गुन तिम्ले लगाकै हौ
तिर्नु छु है जसरी नी रिन फेरी याद गर्छु
भेट्दा फेरी धेरै पछी खुशी थिनौ किन कुन्नी
छाएको त्यो मुहारमा मलिन फेरी याद गर्छु
अनुराग कंडेल
Thursday, September 16, 2010
गजल-किन?
चोखो माया दिएकै छु,किन फेरी लुक्न खोज्छौ?
छिन भर रमाउन,अर्कै तिर ढुक्न खोज्छौ
देउरालीका कसम ती,ताजा नै छन् याद भरी
माया गर्छु भन्दै तिमी लुकिछिपी चुक्न खोज्छौ
भन्थ्यौ सधैं अङ्गालेर,हाम्रो माया अजम्बरी
आज फेरी के भयो र,खहरे झै सुक्न खोज्छौ
के मा कमी भयो प्रिय,पुरै मुटु सुम्पिदा नि
मेरो मुटु लत्याएर पराइ सामु झुक्न खोज्छौ
माया गर्छु धेरै धेरै,तर गल्ती छोपिन भो
आँफै भुल गर्छौ अनी,आफै किन दुख्न खोज्छौ?
मायाको यो गाठो हाम्रो,भन्थ्यौ धेरै कसिलो छ
"अनुराग"धोल्लियो र?किन तनी फुक्न खोज्छौ?
-अनुराग कंडेल
छिन भर रमाउन,अर्कै तिर ढुक्न खोज्छौ
देउरालीका कसम ती,ताजा नै छन् याद भरी
माया गर्छु भन्दै तिमी लुकिछिपी चुक्न खोज्छौ
भन्थ्यौ सधैं अङ्गालेर,हाम्रो माया अजम्बरी
आज फेरी के भयो र,खहरे झै सुक्न खोज्छौ
के मा कमी भयो प्रिय,पुरै मुटु सुम्पिदा नि
मेरो मुटु लत्याएर पराइ सामु झुक्न खोज्छौ
माया गर्छु धेरै धेरै,तर गल्ती छोपिन भो
आँफै भुल गर्छौ अनी,आफै किन दुख्न खोज्छौ?
मायाको यो गाठो हाम्रो,भन्थ्यौ धेरै कसिलो छ
"अनुराग"धोल्लियो र?किन तनी फुक्न खोज्छौ?
-अनुराग कंडेल
गीत-जुन तारा झार्छु भन्थ्यौ
मागी हेर तिमी सानु...
जुन तारा झार्छु भन्थ्यौ
तिम्रो सिउँदो रङ्गाएर...
सबको मेख मार्छु भन्थ्यौ
आज कहाँ गयौ तिमी,अनी तिम्रा बाचा पनि
पराइ पो भयौ तिमी,सधैं साथ दिन्छु भनी
अङ्गालोमा सदै बान्थ्यौ...
नछुटिने कसम खान्थ्यौ
दु:खको बाटो बार्छु भन्थ्यौ...
सबको.......................
झुटो रै'छ तिम्रो माया,घाऊ बनी दुख्यो आज
भेल रै'छ खहरेको,छिन् भरमै सुक्यो आज
फुल सरी टिपेउ मलाई...
गयौ आखिर मुटु जलाई
मायाको सागु तार्छु भन्थ्यौ...
सबको.........................
-अनुराग कंडेल
जुन तारा झार्छु भन्थ्यौ
तिम्रो सिउँदो रङ्गाएर...
सबको मेख मार्छु भन्थ्यौ
आज कहाँ गयौ तिमी,अनी तिम्रा बाचा पनि
पराइ पो भयौ तिमी,सधैं साथ दिन्छु भनी
अङ्गालोमा सदै बान्थ्यौ...
नछुटिने कसम खान्थ्यौ
दु:खको बाटो बार्छु भन्थ्यौ...
सबको.......................
झुटो रै'छ तिम्रो माया,घाऊ बनी दुख्यो आज
भेल रै'छ खहरेको,छिन् भरमै सुक्यो आज
फुल सरी टिपेउ मलाई...
गयौ आखिर मुटु जलाई
मायाको सागु तार्छु भन्थ्यौ...
सबको.........................
-अनुराग कंडेल
Thursday, September 9, 2010
गजल~प्रगती रहो काँचो फेरी~
काम खासै छैन तर समयएको खाँचो फेरी
भको काम थन्काएर माया प्रितीको माँचो फेरी
घामलाई पनि फुर्सद छैन कि के हो डुबे चाडै
आज पनि सदा जस्तै प्रगती रहो काँचो फेरी
जागर छैन अल्छि सबै शिखर चुम्ने सपनामै
सबलाई प्यारो लाग्ने सफलताको साँचो फेरी
फुल्दा सबै वर पर रहर लाग्गी जागेको थे
कोपिलैमा कती चाडै कसैले मन भाँचो फेरी
फाट्या मन टाल्दै थिए बेदनाले नै खुटी खुटी
हाँस्न सिक भन्दै मलाई छेउँमै डाँफे नाँचो फेरी
-अनुराग कंडेल
भको काम थन्काएर माया प्रितीको माँचो फेरी
घामलाई पनि फुर्सद छैन कि के हो डुबे चाडै
आज पनि सदा जस्तै प्रगती रहो काँचो फेरी
जागर छैन अल्छि सबै शिखर चुम्ने सपनामै
सबलाई प्यारो लाग्ने सफलताको साँचो फेरी
फुल्दा सबै वर पर रहर लाग्गी जागेको थे
कोपिलैमा कती चाडै कसैले मन भाँचो फेरी
फाट्या मन टाल्दै थिए बेदनाले नै खुटी खुटी
हाँस्न सिक भन्दै मलाई छेउँमै डाँफे नाँचो फेरी
-अनुराग कंडेल
Thursday, September 2, 2010
गैरमुरद्दफ..गजल-सिमा नाग्यो
हिजो राती उनको याद उर्लिएर सिमा नाग्यो
सपनिमा आइन मोरी मध्यरातमा निद्रा भाग्यो
एकै झल्को एकै बोली मुटु निरै गडे पछी
आँखा चिम्ली मन टोले तेइ मोरिकै माया लाग्यो
मुटु भरी उन्कै माया अन्त मन किन भुल्थ्यो
अरु सबै भुलाएर संगै जिउने चाह जाग्यो
बलेको त्यो उन्को रुप पुणिमाको चन्द्र जस्तै
देखे पछी तन मन आत्मा उन्कै माया माग्यो
-अनुराग कंडेल
सपनिमा आइन मोरी मध्यरातमा निद्रा भाग्यो
एकै झल्को एकै बोली मुटु निरै गडे पछी
आँखा चिम्ली मन टोले तेइ मोरिकै माया लाग्यो
मुटु भरी उन्कै माया अन्त मन किन भुल्थ्यो
अरु सबै भुलाएर संगै जिउने चाह जाग्यो
बलेको त्यो उन्को रुप पुणिमाको चन्द्र जस्तै
देखे पछी तन मन आत्मा उन्कै माया माग्यो
-अनुराग कंडेल
Monday, August 23, 2010
गजल-आज भोली एकान्तमा
******************************
आज भोली एकान्तमा आँसु संगै छल्केको छु
पिडा पीई नसा संगै लड्खडाउन पल्केको छु
वास्ता छैन जवानीको पराइ भए आफन्त नी
छोडि दिएँ रमाउन पश्चिम तिर ढल्केको छु
आफन्तको साथ छुटी मन मुटु टुटे पछी
आजभोलि टुक्रिएको दर्पणमा टल्केको छु
मन कतै रमेन खै चाह सबै ओइली दिदा
भित्र भित्रै आँगोसरी पिडा संगै सल्केको छु
***************************
अनुराग कंडेल
आज भोली एकान्तमा आँसु संगै छल्केको छु
पिडा पीई नसा संगै लड्खडाउन पल्केको छु
वास्ता छैन जवानीको पराइ भए आफन्त नी
छोडि दिएँ रमाउन पश्चिम तिर ढल्केको छु
आफन्तको साथ छुटी मन मुटु टुटे पछी
आजभोलि टुक्रिएको दर्पणमा टल्केको छु
मन कतै रमेन खै चाह सबै ओइली दिदा
भित्र भित्रै आँगोसरी पिडा संगै सल्केको छु
***************************
अनुराग कंडेल
गजल
धेरै भयो तिम्रो ओठ चुम्न नपाएको
बाचा बाध्दै देउरालिमा घुम्न नपाएको
धोका दिदा समयले दुरी बडे पछि
तिम्रो रुप हेर्दा हेर्दै उम्न नपाएको
तिम्रो रुपमा मध मस्त हुँदै जवानिमा
प्यास भर्दै आँखाले आँखा ठुम्न नपाएको
-अनुराग कंडेल
बाचा बाध्दै देउरालिमा घुम्न नपाएको
धोका दिदा समयले दुरी बडे पछि
तिम्रो रुप हेर्दा हेर्दै उम्न नपाएको
तिम्रो रुपमा मध मस्त हुँदै जवानिमा
प्यास भर्दै आँखाले आँखा ठुम्न नपाएको
-अनुराग कंडेल
Wednesday, August 11, 2010
गजल- तिम्रै लागि
शब्द शब्द बुनेर प्रेम पत्र तिम्रै लागि
अरु बाटा थुनेर चोखो माया तिम्रै लागि
गर्छन् कुरा गर्नत सारा गाउँले मुखा मुख
दिलको कुरा सुनेर सुम्पे ज्यान तिम्रै लागि
धेरै देखेँ धाउने माया यहाँ थरी थरी
जीवन साथी चुनेर मन मुटु तिम्रै लागि
तिम्लाइ रोज्यो मनले धेरै धेरै बीच बाट
पल पल गुनेर सबै दिन तिम्रै लागि
-अनुराग कंडेल
अरु बाटा थुनेर चोखो माया तिम्रै लागि
गर्छन् कुरा गर्नत सारा गाउँले मुखा मुख
दिलको कुरा सुनेर सुम्पे ज्यान तिम्रै लागि
धेरै देखेँ धाउने माया यहाँ थरी थरी
जीवन साथी चुनेर मन मुटु तिम्रै लागि
तिम्लाइ रोज्यो मनले धेरै धेरै बीच बाट
पल पल गुनेर सबै दिन तिम्रै लागि
-अनुराग कंडेल
Wednesday, August 4, 2010
कबिता-आहा...त्यही गरिबी नै प्यारो लाग्छ
सधैं.....
गरिबीको चपेटामा
रमाउँन पल्केको
बिचरो म....
आहा...त्यही गरिबी नै प्यारो लाग्छ
कलेती परेको बोराको नाम्लो
अनगिन्ती ठाउँमा टालेको आस्कोट
आहा.. त्यही प्यारो लाग्छ.......
यहाँको पजेरोको बेल्ट भन्दा
मुलाएम धागोलले बुनेको टी-सर्ट भन्दा
तामाको घडामा मुलको पानी
घट..घट.. घाटी ठडयाएर पिएको
आहा.. त्यही प्यारो लाग्छ.....
यहाँको फ्रिजको ताजा जुश
पाइप लगाएर तानेको भन्दा
खाली खुट्टा ऊकाली र ओराली गर्दा
पुरानो रुमालमै पसिना पोको पारेको
आहा.. त्यही प्यारो लाग्छ......
यहाँको यसी वाला कार भन्दा
यहाँको सफ्ट सफ्ट नियार भन्दा
रुखो नुन खुर्सानी सँग कोदोको रोटी
बोरा ओढेर पनि मिठो त्यो सपना
आहा.. त्यही प्यारो लाग्छ.........
यहाँका रेस्तोराँका सान्विंच भन्दा
लचक.. लचक.. अग्ला बेड भन्दा
जेनतेन टालिएको खरको छानो
माटोले पोतिएका भुइ अनी भित्ताहरु
आहा.. त्यही प्यारो लाग्छ.......
यहाँका सुकिला अग्ला घर
अनी बेहद सजावट भन्दा
हो
सधैं.....
गरिबीको चपेटामा
रमाउन पल्केको
बिचरो म....
आहा...त्यही गरिबी नै प्यारो लाग्छ
(नियार= इस्राएली भाषामा पेपर)
-अनुराग कंडेल
गरिबीको चपेटामा
रमाउँन पल्केको
बिचरो म....
आहा...त्यही गरिबी नै प्यारो लाग्छ
कलेती परेको बोराको नाम्लो
अनगिन्ती ठाउँमा टालेको आस्कोट
आहा.. त्यही प्यारो लाग्छ.......
यहाँको पजेरोको बेल्ट भन्दा
मुलाएम धागोलले बुनेको टी-सर्ट भन्दा
तामाको घडामा मुलको पानी
घट..घट.. घाटी ठडयाएर पिएको
आहा.. त्यही प्यारो लाग्छ.....
यहाँको फ्रिजको ताजा जुश
पाइप लगाएर तानेको भन्दा
खाली खुट्टा ऊकाली र ओराली गर्दा
पुरानो रुमालमै पसिना पोको पारेको
आहा.. त्यही प्यारो लाग्छ......
यहाँको यसी वाला कार भन्दा
यहाँको सफ्ट सफ्ट नियार भन्दा
रुखो नुन खुर्सानी सँग कोदोको रोटी
बोरा ओढेर पनि मिठो त्यो सपना
आहा.. त्यही प्यारो लाग्छ.........
यहाँका रेस्तोराँका सान्विंच भन्दा
लचक.. लचक.. अग्ला बेड भन्दा
जेनतेन टालिएको खरको छानो
माटोले पोतिएका भुइ अनी भित्ताहरु
आहा.. त्यही प्यारो लाग्छ.......
यहाँका सुकिला अग्ला घर
अनी बेहद सजावट भन्दा
हो
सधैं.....
गरिबीको चपेटामा
रमाउन पल्केको
बिचरो म....
आहा...त्यही गरिबी नै प्यारो लाग्छ
(नियार= इस्राएली भाषामा पेपर)
-अनुराग कंडेल
Tuesday, July 27, 2010
//गजल//
तिम्रो मेरो प्रितको डोरी,कसी कसी बाटेकी छु
तिम्रो मन टाली टाली,बरु आफै फाटेकी छु
चैँन छैन कुनै पल,सधैं तिम्रो सम्झनामा
तिम्रै माया मोह,निद सँग याद साटेकी छु
संगै जिउने बेला हामी,छोडी गयौ टाढा भयौ
तिम्रै याद्मा सबै दिन,कल्पी-कल्पी काँटेकी छु
फर्की आउँने होकि होईन,बाटो तिम्रै हेरिरहे
कुरी बस्छु तिम्रै लागि,मनै मन आँटेकी छु
धेरै भयो याद आँशु,संगै बग्यो जवानी त
आउँछ भनी ''अनुराग'',आफैलाई ढाँटेकी छु
-अनुराग कंडेल
तिम्रो मन टाली टाली,बरु आफै फाटेकी छु
चैँन छैन कुनै पल,सधैं तिम्रो सम्झनामा
तिम्रै माया मोह,निद सँग याद साटेकी छु
संगै जिउने बेला हामी,छोडी गयौ टाढा भयौ
तिम्रै याद्मा सबै दिन,कल्पी-कल्पी काँटेकी छु
फर्की आउँने होकि होईन,बाटो तिम्रै हेरिरहे
कुरी बस्छु तिम्रै लागि,मनै मन आँटेकी छु
धेरै भयो याद आँशु,संगै बग्यो जवानी त
आउँछ भनी ''अनुराग'',आफैलाई ढाँटेकी छु
-अनुराग कंडेल
Wednesday, July 21, 2010
गीत-सिउँदो तिम्रो भर्न सकिन
पिरतीको खहरे भेल तर्न सकिन
चाँहेर नि सिउँदो तिम्रो भर्न सकिन
भेट्ने निहु माग्दै पानी घर आउँथेउ
खबर थियो मलाई मन पराउछेउँ
खुशी बनी ती परेलिमा झर्न सकिन
चाँहेर नी सिउँदो.....................
झस्काउथेउँ हरपल समिपैमा आएर
पर्खाउँन सकिन झुठो कसम खाएर
गर्थेउ माया नजिक तर सर्न सकिन
चाँहेर नी सिउँदो......................
पिरतीको खहरे भेल तर्न सकिन
चाँहेर नि सिउँदो तिम्रो भर्न सकिन
-अनुराग कंडेल (इस्राएल)
चाँहेर नि सिउँदो तिम्रो भर्न सकिन
भेट्ने निहु माग्दै पानी घर आउँथेउ
खबर थियो मलाई मन पराउछेउँ
खुशी बनी ती परेलिमा झर्न सकिन
चाँहेर नी सिउँदो.....................
झस्काउथेउँ हरपल समिपैमा आएर
पर्खाउँन सकिन झुठो कसम खाएर
गर्थेउ माया नजिक तर सर्न सकिन
चाँहेर नी सिउँदो......................
पिरतीको खहरे भेल तर्न सकिन
चाँहेर नि सिउँदो तिम्रो भर्न सकिन
-अनुराग कंडेल (इस्राएल)
Thursday, July 15, 2010
गजल //म//
जितेर पनि हारेको म
आफ्नैले पर सारेको म
मानब बनी जिउँछुभन्दा
आफ्नैले पानी बारेको म
शिखर पुग्दा खुशीको पल
आफ्नैले चुटी झारेको म
चाँहिदा हात अप्ठ्यारोमा
आफ्नैले आँखा तरेको म
सत्यको पक्ष बोल्दा यहाँ
आफ्नैले जिउँदै मारेको म
-अनुराग कंडेल
आफ्नैले पर सारेको म
मानब बनी जिउँछुभन्दा
आफ्नैले पानी बारेको म
शिखर पुग्दा खुशीको पल
आफ्नैले चुटी झारेको म
चाँहिदा हात अप्ठ्यारोमा
आफ्नैले आँखा तरेको म
सत्यको पक्ष बोल्दा यहाँ
आफ्नैले जिउँदै मारेको म
-अनुराग कंडेल
Saturday, July 10, 2010
गजल ~देखेँ~
आफुले आफैलाई ठुलो मानेको देखेँ
आफुले आफैलाई राम्रो ठानेको देखेँ
अरुले ज्यु भन्नु कहाँ आफै ज्यु बनी
अरुकै खुट्टा सधै यहाँ तानेको देखेँ
गर्दैनन् कदर् नी कोही कसैको किन?
आफ्नो र अर्काको यहाँ छानेको देखेँ
मौकाको खोजिमा सबै दलाल यहाँ
मुखले बेसारी स्वार्थले झानेको देखेँ
-अनुराग कंडेल
आफुले आफैलाई राम्रो ठानेको देखेँ
अरुले ज्यु भन्नु कहाँ आफै ज्यु बनी
अरुकै खुट्टा सधै यहाँ तानेको देखेँ
गर्दैनन् कदर् नी कोही कसैको किन?
आफ्नो र अर्काको यहाँ छानेको देखेँ
मौकाको खोजिमा सबै दलाल यहाँ
मुखले बेसारी स्वार्थले झानेको देखेँ
-अनुराग कंडेल
Friday, July 2, 2010
गजल- ~काँ भुल्या छु र~
पेटको भोको पिठिउँमा डोको काँ भुल्या छु र
यो मन रो'को गरिबीको पोको काँ भुल्या छु र
साँगुरिँदै जाँदा लक्ष्यको बाटो बिदेसिन्छु भनी
पाऊमा छोको ऋण पाउने धोको काँ भुल्या छु र
दिएर बाचा मेटाउने साहूको खाता आउँदा पर्देश
आशाको खोको बिछोडको झो'को काँ भुल्या छु
-अनुराग कंडेल
यो मन रो'को गरिबीको पोको काँ भुल्या छु र
साँगुरिँदै जाँदा लक्ष्यको बाटो बिदेसिन्छु भनी
पाऊमा छोको ऋण पाउने धोको काँ भुल्या छु र
दिएर बाचा मेटाउने साहूको खाता आउँदा पर्देश
आशाको खोको बिछोडको झो'को काँ भुल्या छु
-अनुराग कंडेल
Saturday, June 26, 2010
गजल
पहाडकी परी
बेँसी फाँट झरी
खल्बलाई मन
जादुतुना गरि
लठ्याई मलाई
छेउँनिरै सरी
सुस्तरी आई
मुटु बिचै च'री
धारिला ती नजर
हेर्छे क्या मोरी
आखिरमा जिति
दिल मेरो चोरी
अनुराग मख्ख
जवानी त्यो सोरी
-अनुराग कंडेल
बेँसी फाँट झरी
खल्बलाई मन
जादुतुना गरि
लठ्याई मलाई
छेउँनिरै सरी
सुस्तरी आई
मुटु बिचै च'री
धारिला ती नजर
हेर्छे क्या मोरी
आखिरमा जिति
दिल मेरो चोरी
अनुराग मख्ख
जवानी त्यो सोरी
-अनुराग कंडेल
Monday, June 21, 2010
गजल ~यहाँ~
हुँदारैछन् मान्छे धेरै धेरै जाली यहाँ
ठुलारैछन् पथ्थर मुटु मन खाली यहाँ
बाली यिनले मायादिप आफ्नो स्वार्थभरि
लाउँदारैछन् अन्तमा मन जोत्ने फाली यहाँ
साँगुरिदा जिन्दगीको बाटो कतै कहि
बज्दारैछन् बिझाउँने खस्रा ताली यहाँ
पाउको धुलो पन्छाउँदै फुल्दा प्याउली झै
डुल्दारैछन् मनका मुना भाँच्ने माली यहाँ
माया गर्छौ भन्थे पै'ले सानो गल्ती के भो
दिदारैछन् छिनभरमै तिखा गाली यहाँ
एक अर्कामा दया छैन दुख्दा फेरि आफै
बाँच्दारैछन् आफ्नो मन आफै टाली यहाँ
-अनुराग कंडेल 21/06/2010
ठुलारैछन् पथ्थर मुटु मन खाली यहाँ
बाली यिनले मायादिप आफ्नो स्वार्थभरि
लाउँदारैछन् अन्तमा मन जोत्ने फाली यहाँ
साँगुरिदा जिन्दगीको बाटो कतै कहि
बज्दारैछन् बिझाउँने खस्रा ताली यहाँ
पाउको धुलो पन्छाउँदै फुल्दा प्याउली झै
डुल्दारैछन् मनका मुना भाँच्ने माली यहाँ
माया गर्छौ भन्थे पै'ले सानो गल्ती के भो
दिदारैछन् छिनभरमै तिखा गाली यहाँ
एक अर्कामा दया छैन दुख्दा फेरि आफै
बाँच्दारैछन् आफ्नो मन आफै टाली यहाँ
-अनुराग कंडेल 21/06/2010
Tuesday, June 15, 2010
गीत ~छोडी गयौ~
छोडी गयौ निरमाया रातै शुन्य भो
तिमी बिना कल्पना के लाई बुन्ने हो
जवानीको मातमा मायालुको हातमा
कति खुशी हुन्थे म भए तिमी साथमा
तिमीबिना झरेकी छु फूलसरी केलाई फूल्ने हो
तिमी बिना कल्पना के लाई बुन्ने हो
तिमीसाथ हुँदा सधैं भाव बिभोर हुन्थे
त्यो काखमा लड्खरिदै कहिले काही रुन्थे
तिम्ले माया मारेपछि मिलनको माला केलाई उन्ने हो
तिमी बिना कल्पना के लाई बुन्ने हो
छोडी गयौ कता कता भयौ पर्देशी
अन्तै माया पायौ र कि मेरो भन्दा बेसी
तिमीबिना मरेकीछु अरु खुशी केलाई चुन्ने हो
तिमी बिना कल्पना के लाई बुन्ने हो
-अनुराग कंडेल
तिमी बिना कल्पना के लाई बुन्ने हो
जवानीको मातमा मायालुको हातमा
कति खुशी हुन्थे म भए तिमी साथमा
तिमीबिना झरेकी छु फूलसरी केलाई फूल्ने हो
तिमी बिना कल्पना के लाई बुन्ने हो
तिमीसाथ हुँदा सधैं भाव बिभोर हुन्थे
त्यो काखमा लड्खरिदै कहिले काही रुन्थे
तिम्ले माया मारेपछि मिलनको माला केलाई उन्ने हो
तिमी बिना कल्पना के लाई बुन्ने हो
छोडी गयौ कता कता भयौ पर्देशी
अन्तै माया पायौ र कि मेरो भन्दा बेसी
तिमीबिना मरेकीछु अरु खुशी केलाई चुन्ने हो
तिमी बिना कल्पना के लाई बुन्ने हो
-अनुराग कंडेल
Thursday, June 10, 2010
गजल ~हुन्थ्यो~
बेँसी फाँट भेट्न झर्या भए हुन्थ्यो
तिम्रो नजर म मा पर्या भए हुन्थ्यो
आँखा मेरा सधैँ तिमी तिरै घुम्थे
माया सम्झी छेउ सर्या भए हुन्थ्यो
जुधेँकै हुन् हाम्रा नयन दोबाटोमा
माया का दुई बात गर्या भए हुन्थ्यो
बैँस उर्ली भेल आउँदा जवानीको
हात समाइ सँगै तर्या भए हुन्थ्यो
खाली हुँदा तिम्रो दिल तेति बेला
अनुराग नै दिलमा भर्या भए हुन्थ्यो
-अनुराग कंडेल (इस्राएल)
तिम्रो नजर म मा पर्या भए हुन्थ्यो
आँखा मेरा सधैँ तिमी तिरै घुम्थे
माया सम्झी छेउ सर्या भए हुन्थ्यो
जुधेँकै हुन् हाम्रा नयन दोबाटोमा
माया का दुई बात गर्या भए हुन्थ्यो
बैँस उर्ली भेल आउँदा जवानीको
हात समाइ सँगै तर्या भए हुन्थ्यो
खाली हुँदा तिम्रो दिल तेति बेला
अनुराग नै दिलमा भर्या भए हुन्थ्यो
-अनुराग कंडेल (इस्राएल)
Tuesday, June 8, 2010
पाँच हाईकु
पाँच हाईकु
गुराश फुल्यो
सौन्दर्यताको लागि
हरियो लुटी
बादल निस्क्यो
मनसुनको लागि
जगै अध्यारो
पालुवा खेल्यो
हरियाली भो बन
फुल झारेर
जवान फुल
लुटीईन्छन बिचरा
भवरा मख्ख
आसाको फल
नयाँ नेपालमा नी
दिउसै अध्यारो
-अनुराग कंडेल(इस्राएल)
गुराश फुल्यो
सौन्दर्यताको लागि
हरियो लुटी
बादल निस्क्यो
मनसुनको लागि
जगै अध्यारो
पालुवा खेल्यो
हरियाली भो बन
फुल झारेर
जवान फुल
लुटीईन्छन बिचरा
भवरा मख्ख
आसाको फल
नयाँ नेपालमा नी
दिउसै अध्यारो
-अनुराग कंडेल(इस्राएल)
Sunday, June 6, 2010
गजल- गयौ
यो मनको धुनमा नाँचेर गयौ
त्यो बारुली कम्मर भाँचेर गयौ
मन भित्र बढ्दा मायाको छाल
यो मुटुको कम्पन जाँचेर गयौ
पिलाएर मलाई यौवनको प्याला
त्यो मनको प्यास साँचेर गयौ
त्यो मनका रहर मरेर सबै
यो ज्यानको खातिर बाँचेर गयौ
यो मनको धुनमा नाँचेर गयौ
त्यो बारुली कम्मर भाँचेर गयौ
-अनुराग कंडेल
त्यो बारुली कम्मर भाँचेर गयौ
मन भित्र बढ्दा मायाको छाल
यो मुटुको कम्पन जाँचेर गयौ
पिलाएर मलाई यौवनको प्याला
त्यो मनको प्यास साँचेर गयौ
त्यो मनका रहर मरेर सबै
यो ज्यानको खातिर बाँचेर गयौ
यो मनको धुनमा नाँचेर गयौ
त्यो बारुली कम्मर भाँचेर गयौ
-अनुराग कंडेल
Friday, June 4, 2010
गजल- जिन्दगी
खै के मजा अधुरो जिन्दगी
खै के मजा मधुरो जिन्दगी
आज सुख भोली छ दु:ख यहाँ
खै के मजा सागुरो जिन्दगी
पुग्ने होइनन मनको चाह सबै
खै के मजा अपुरो जिन्दगी
यत्र तत्र सर्बत्र चुही सक्यो
खै के मजा टपुरो जिन्दगी
यहाँ उहाँ हो कहाँ सम्म कुन्नी
खै के मजा धपुरो जिन्दगी
चोट लुकाई हाँस्नु नै पर्छ यहाँ
खै के मजा गफुरो जिन्दगी
-अनुराग कंडेल
खै के मजा मधुरो जिन्दगी
आज सुख भोली छ दु:ख यहाँ
खै के मजा सागुरो जिन्दगी
पुग्ने होइनन मनको चाह सबै
खै के मजा अपुरो जिन्दगी
यत्र तत्र सर्बत्र चुही सक्यो
खै के मजा टपुरो जिन्दगी
यहाँ उहाँ हो कहाँ सम्म कुन्नी
खै के मजा धपुरो जिन्दगी
चोट लुकाई हाँस्नु नै पर्छ यहाँ
खै के मजा गफुरो जिन्दगी
-अनुराग कंडेल
Wednesday, June 2, 2010
गेडीहरु
बारुली छ कम्मर कति राम्रो मिलेको
नसालु ती आँखाले मेरो मन हिलेको
खिलेको
जोडी हाम्रो साह्रै मिलेको
नसालु ती आँखा ले लुटे मेरो जोबान
डुबे म त मायाको भेटे पछि दोभान
त्यो मन
आउ भेट्न नगर दोमन
तिम्रै लागि आए म खहरे भेल तरेर
समाइदेउ न यी हात अली वर सरेर
भरेर
लानु के छ जादा मरेर
-अनुराग कंडेल
नसालु ती आँखाले मेरो मन हिलेको
खिलेको
जोडी हाम्रो साह्रै मिलेको
नसालु ती आँखा ले लुटे मेरो जोबान
डुबे म त मायाको भेटे पछि दोभान
त्यो मन
आउ भेट्न नगर दोमन
तिम्रै लागि आए म खहरे भेल तरेर
समाइदेउ न यी हात अली वर सरेर
भरेर
लानु के छ जादा मरेर
-अनुराग कंडेल
गजल-भै'न
काँडा टेकी देउरालीमा,धाएर नि भै'न
आँखा चिम्ली घातको विष,खाएर नि भे'न
पापी मन सम्झाई हेरे,हुन्छ कि त भनि
तिमि बिर्सी अन्तै माया,लाएर नि भै'न
मुटु मेरो धकधक,तिम्रै नाम जप्छ
अन्तै न्यानो माया मैले,पाएर नि भै'न
अल्झ्यो मन त्यहिनिर,तिम्रै मुटु माझ
एक्लैबसी मनको गीत,गाएर नि भै'न
तिमीसंगै जिउने मर्ने,चाह भित्री मनको
सोचेजस्तो जिन्दगीमा,चाहेर नि भै'न
-अनुराग कंडेल
आँखा चिम्ली घातको विष,खाएर नि भे'न
पापी मन सम्झाई हेरे,हुन्छ कि त भनि
तिमि बिर्सी अन्तै माया,लाएर नि भै'न
मुटु मेरो धकधक,तिम्रै नाम जप्छ
अन्तै न्यानो माया मैले,पाएर नि भै'न
अल्झ्यो मन त्यहिनिर,तिम्रै मुटु माझ
एक्लैबसी मनको गीत,गाएर नि भै'न
तिमीसंगै जिउने मर्ने,चाह भित्री मनको
सोचेजस्तो जिन्दगीमा,चाहेर नि भै'न
-अनुराग कंडेल
Subscribe to:
Comments (Atom)